site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
चितवनमा सुकुम्बासीलाई जग्गाधनी पुर्जा दिने गरी प्रक्रिया सुरु
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

चितवन । चितवनमा रहेका स्थानीय तहले भूमिहीन तथा सुकुम्बासीलाई जग्गाधनी पुर्जा उपलब्ध गराउने गरी प्रक्रिया अघि बढाएका छन् । ३७ हजारभन्दा बढीलाई जग्गाधनी पुर्जा दिने गरी काम अघि बढाइएको हो ।

सातवटै पालिकाले आफ्नो निकायभित्र रहेका भूमिहीन तथा सकुम्बासीको लगत संकलन गर्ने काम सुरु गरेका छन् । वडा तहबाटै काम सुरु भएको बताइएको छ । भरतपुर महानगरपालिकाले अहिले भूमिहीनको लगत लिने काम गरिरहेको छ । महानगरपाकिलामा १५ हजार ७०० भूमिहीन तथा सुकुम्बासी छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

महानगर प्रमुख रेनु दाहाल भूमिहीनलाई जग्गाधनी पुर्जा वितरणको प्रक्रिया सुरु भइसकेको बताउँछिन् । प्रमुख राजनीतिक दलसँग समन्वय गरेर नगरस्तरीय र वडास्तरीय सहजीकरण समिति बनाएर महानगरपालिकाले काम अघि बढाएको उनको भनाइ छ । महानगरले १५ कर्मचारी नियुक्त गरेर काम अघि बढाएको हो ।

रत्ननगर नगरपालिकामा भूमिहीन तथा सुकुम्बासी लगत संकलन समितिका संयोजक अर्जुन पंगीनी छ महिनाभित्रै भूमिहीनलाई पुर्जा दिने गरी काम सुरु भएको बताउँछन् । उनले वडाबाट प्रमाणित गराएर नापनक्सा निकाल्ने काम गरिरहेको बताए । रत्ननगरमा भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबास परिवारको संख्या दुई हजार ४५० रहेको नगरपालिकाले जनाएको छ ।

Global Ime bank

माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले वडावडामा पुगेर लगत लिने काम भइरहेको बताए । सुकुम्बासीको निवेदनका आधारमा फाराम भर्ने काम भइरहेको उनले जानकारी दिए । भूमिहीन सुकुम्बासीलाई छ कट्ठासम्म जग्गा निःशुल्क र अव्यवस्थित बसोबासीले निश्चित शुल्क तिरेर एक बिघा नौ कट्ठासम्म जग्गा पाउने व्यवस्था नगरपालिकाले सुरु गरेको पनि उनले जनाए ।

माडीको बाँदरझुलामा मात्रै झन्डै ७०० सुकुम्बासी छन् । ३० वर्षदेखि सुकुम्बासीका रूपमा बस्दै आएका सुकुम्बासीको समस्या समाधान सबैभन्दा जटिल रहेको उनको भनाइ छ । यस नगरपालिकामा चार हजार सुकुम्बासी रहेको ढकालले जानकारी दिए ।

कालिका नगरपालिकामा चार हजार २३२ परिवार, राप्ती नगरपालिकामा छ हजार परिवार र इच्छाकामना गाउँपालिकामा चार हजार ५०० भूमिहीन तथा सुकुम्बासी रहेका छन् । यस्तै, खैरहानी नगरपालिकामा दुई हजार ५०० भूमिहीन तथा सकुम्बासी रहेका जनाइएको छ । सबै स्थानीय तहले भूमिहीन समस्या समाधानको प्रक्रिया सुरु गरिसकेको जनाएका छन् ।

इच्छाकामनाका अध्यक्ष गीता गुरुङले भूमिहीन तथा सुकुम्बासीको लगत लिई प्रमाणित गरी भूमिहीन सुकुम्बासी समस्या समाधान आयोगमा सिफारिस गर्ने तयारीमा रहेको बताइन् । रासस

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन १६, २०७७  १०:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC