site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
संसद् अधिवेशन फागुन २३ मा

काठमाडौं । सरकारले फागुन २३ गते संसद् बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ ।

सर्वोच्च अदालतको फैसलाअनुसार मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले फागुन २३ गते अधिवेशन आह्वान गर्ने सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सर्वोच्च अदालतले फागुन २४ गतेभित्रै संसद् बोलाउनुपर्ने बाध्यात्मक फैसला गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभाको विघटन सिफारिस गरेका थिए ।

सोही दिन राष्ट्रपतिले प्रतिनिधि सभाको विघटन गरेकी थिइन् । सरकारको यस्तो अवैधानिक निर्णयविरुद्ध सर्वोच्चमा परेको रिट निवेदनपछि सर्वोच्चले प्रतिनिधि सभा विघटन हुनै नसक्ने भन्दै पुनःस्थापना गरिदिएको थियो ।

पुनःस्थापना गर्दा नै १३ दिनभित्र संसद् बैठक बोलाउन भनेको थियो ।


 

प्रकाशित मिति: आइतबार, फागुन १६, २०७७  ०५:३०
प्रतिक्रिया दिनुहोस्