बाह्रखरी
भर्खरै
sticky  ncell
Samsung
coke
British college
Samsung
coke
British college
देश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
विप्लव समूहका सप्तरी जनसत्ता प्रमुखसहित तीनजना पक्राउ
Godraj friday
Godraj friday
बाह्रखरी - शनिबार, फागुन १५, २०७७
Laxmi Bank
Laxmi Bank

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव समूहका सप्तरी जनसत्ता प्रमुखसहित तीन कार्यकर्तालाई सप्तरी प्रहरीले आज (शनिबार) पक्राउ गरेको छ । आर्थिक सहयोगको पत्रसहित सप्तरी जिल्ला जनसत्ता प्रमुख सप्तरी खड्क नगरपालिका ३, बनरझुल्ला टोलका ५२ वर्षीय आदर्श उपनामका रामनाथ मण्डलसहित तीनजना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी भुवनेश्वरप्रसाद साहका अनुसार पक्राउ पर्नेमा सिरहा/सप्तरी जिल्ला सदस्य राजविराज नगरपालिका ४ का उदय उपनामका उदयनाथ मण्डल र विष्णुपुर गाउँपालिका १ का २५ वर्षीय रामकृष्ण मण्डल छन् ।

Rohto Landing

Agani Group

उनीहरुको साथबाट प्रहरीले जनविद्रोह लेखिएको किताब, वीर मधेसी लेखिएको किताब, युवा संगठन नेपालको साधारण सदस्यता ठेली, युवा संगठन नेपाल विशेष आर्थिक सहयोगको पत्र, अखिल नेपाल महिला संघ क्रान्तिकारी लेखिएको आर्थिक सहयोगको पत्र, अखिल नेपाल किसान महासंघ केन्द्रीय समिति लेखिएको पर्चा, नेकपा जिल्ला सप्तरीको मिति २०७७ असार १६ गतेको पर्चालगायत चारथान मोबाइल बरामद गरेको बताइएको छ ।

सप्तरीमा केही समयदेखि विभिन्न व्यवसायी, कार्यालय प्रमुख तथा जनप्रतिनिधिसँग चन्दा माग गर्ने, धाकधम्की दिने गरेको सूचनाका आधारमा अनुसन्धानपश्चात उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । -रासस

sarbottam cement

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
शनिबार, फागुन १५, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्