site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
८१ संक्रमित थपिए, दुईजनाको मृत्यु
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । देशभर पछिल्लो चौबीस घण्टामा थप ८१ जनामा कोभिड-१९ (कोरोना भाइरस) को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय दुई हजार ८२४ को स्वास्थ्य परीक्षण गर्दा ३५ महिला र ४६ पुरुषमा सङ्क्रमण पुष्टि भएको हो । त्यस्तै पछिल्लो चौबीस घण्टामा कोरोना संक्रमणबाट दुईजनाको मृत्यु भएको छ ।

आजसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ७४ हजार ६५ पुगेको छ । त्यस्तै पछिल्लो समय थप ४८ जना निको भएका छन् । यससँगै निको हुनेको सङ्ख्या दुई लाख ७० हजार ३२५ रहेको छ । निको हुने दर भने ९८ दशमलव ६ प्रतिशत छ । 

अहिले देशभर ९८६ सक्रिय सङ्क्रमित छन् । ६२ जना क्वारेन्टिनमा छन् । हालसम्म नेपालमा २१  लाख ६० हजार ४०४ को पीसीआर परीक्षण भएको छ । पछिल्लो समय कोरोनाको कारण थप दुईजनाको मृत्यु भएको छ । यससँगै हालसम्म दुई हजार ७७३ जनाले कोरोनाका कारण ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । -रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन १५, २०७७  १९:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC