site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
संसद्‌ पुन:स्थापनापछि सांसदको किनबेच हुने खतरा बढ्यो : प्रदीप ज्ञवाली
फाइल तस्बिर ।
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रतिनिधिसभा पुन:स्थापनापछि संसद्‌मा सांसदहरुको किनबेच हुन सक्ने खतरा बढेको बताएका छन् ।

नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघको २१औं वार्षिक साधारणसभामा उनले दलहरुको नीतिविहीन गठबन्धन हुँदा सांसदहरुको खरिद-बिक्री हुने थलो बन्ने खतरा बढेको बताए । उनले  भने, "हामी संविधानको सर्वोच्चता भन्ने शक्तिहरु हौं । हामी विधिको शासनमा विश्वास गर्ने शक्तिहरु हौं । हामी न्यायपालिकाको स्वतन्त्रतामा विश्वास गर्ने शक्तिहरु हौं । न्यायपालिकाले गर्ने फैसला हाम्रा लागि मन्जुर छ । हामी त्यसलाई कार्यान्वयन गर्छौं । तर कतै फेरि संसद् सांसदहरुको खरिद-बिक्रीको थलो बन्ने त होइन ? कतै सांसद फेरि दलहरुको नीतिहीन गठबन्धनको थलो बन्ने त होइन ?"

मन्त्री ज्ञवालीले देशभित्रको राजनीतिको गलत प्रभाव अर्थतन्त्र र व्यवसायमा पर्न थालेको पनि बताए । सरकारले पछिल्लो तीन वर्षमा हासिल गरेको उच्च आर्थिक वृद्धिका कारण देश अहिले अल्पविकसित मुलुकको सूचीबाट विकासोन्मुख मुलुकमा स्तरोन्नति हुन सिफरिस भएको बताए । गत वर्ष कोभिडको धक्काका कारण आर्थिक वृद्धि कमजोर भए पनि ऋणात्मक नहुनु सकारात्मक भएको बताए । तीन वर्षसम्म उच्च आर्थिक वृद्धि हासिल हुँदा नेपाल डुइङ बिजनेस इन्डेक्समा एकैपटक १४ स्थानमाथि उक्लिन सफल हुनुले सरकारले आर्थिक विकासमा सही काम गरिरहेको छ भन्ने पुष्टि भएको मन्त्री ज्ञवालीले दाबी गरे ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन १५, २०७७  १९:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC