site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
११ करोड लागतमा काठमाडौंका सडकमा आधुनिक सडक बत्ती जडान गरिँदै
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौं महानगरपालिकाले दुई महिनाभित्र बढी प्रकाश दिनसक्ने बत्ती (हाइमास्ट लाइट) जडान कार्य शुरु हुने जनाएको छ ।

महानगरपालिकाले शहरका मुख्यमुख्य सडकको करिब ६० किलोमिटर क्षेत्रमा आधुनिक सडक बत्ती जडान गर्नका लागि अहिले बोलपत्र आह्वान गरिसकेको छ । आगामी दुई महिनाभित्र प्रक्रियागतरुपमा सबै कार्यसक्ने र बत्ती जडान शुरु हुने महानगरको शहरी पूर्वाधार विकास विभाग प्रमुख राम थापाले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

गत मङ्सिर २५ गते महानगरपालिका, नेपाल विद्युत् प्राधिकरण र सडक विभागबीच सहमतिपत्रमा हस्ताक्षर गरेसँगै प्रक्रिया अघि बढाइएको हो । प्रमुख उज्यालो अभियानअन्तर्गत आधुनिक सडक बत्ती जडान कार्य अघि बढाइएको हो । 

महानगरपालिकााले आफ्नो क्षेत्रभित्रका करीब ८० स्थानमा बढी प्रकाश दिनसक्ने आधुनिक बत्ती (हाइमास्ट लाइट) जडान गर्ने लागेको हो । 
 
सडकमा करिब एक हजार ७५० आधुनिक बत्ती जडान गर्न महानगर र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानी रहनेछ । जहाँ महानगरको ६० प्रतिशत र नेपाल विद्युत् प्राधिकरणको ४० प्रतिशत लगानी रहनेछ । प्रमुख थापाका अनुसार पहिलो चरणमा विमानस्थलदेखि त्रिपुरेश्वर हुँदै कलङ्कीसम्म, त्रिपुरेश्वरदेखि महाराजगञ्जसम्म र सिंहदरबार वरिपरि आधुनिक सडक बत्ती जडान गरिने छ ।  
 
पुतलीसडकदेखि बालुवाटारसम्म र त्रिभूवन विमानस्थलदेखि हायत होटलसम्म पनि पहिलो चरणमै जडान गरिनेछ । थापाले नयाँ बानेश्वर, माइतीघरलगायतका स्थानमा अहिलेकै खम्बा प्रयोग गरेर आधुनिक बत्ती जडान गरिने बताए । पहिलो चरणको बत्ती जडानका लागि ११ करोड खर्च हुने भएको छ । 

Global Ime bank

नयाँ पोल थप्नुपर्ने स्थानमा स्वीकृति दिने, नयाँ बत्ती जडानका क्रममा बिग्रिएका फुटपाथलगायतका संरचनाको निर्माण सडक विभागले गर्ने पनि सहमति भएको छ । अहिले काठमाडौंका मुख्य सडक राष्ट्रपति कार्यालय आसपासका सडक, कालिमाटीका सडकमा बत्ती नहुँदा पैदल यात्रु र सवारी चालकले समस्या भोगिरहेका छन् ।  रासस 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन १५, २०७७  १३:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC