site stats
बाह्रखरी :: Baahrakhari
देश
आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ
प्रतीकात्मक तस्बिर ।
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । अछाममा आफ्नै आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । आफ्नै आमा ६० वर्षीया कला बुढाको हत्या गरेको आरोपमा साँफेबगर नगरपालिका–५, नवाठाना बस्ने ३८ वर्षीय जित बुढा पक्राउ परेका हुन् ।

जितले आमालाई मंगलबार बिहान घरमा कुटपिट गरेको र सोही कुटपिटका कारण मृत्यु भएको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ । जिल्ला प्रहरी कार्यालय अछाम र इलाका प्रहरी कार्यालय साँफेबगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाइएको छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन १४, २०७७  १२:५४
प्रतिक्रिया दिनुहोस्