site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
भारतले सोसल मिडिया र स्ट्रिमिङ सेवामा पहिले भन्दा कडा नियम ल्याउँदै
Ghorahi CementGhorahi Cement

नयाँदिल्ली । भारतले सोसल मिडिया फर्म : फेसबुक गुगल, स्ट्रिमिङ सेवा जस्तै नेट्फ्लिक्स अमेजोनका साथै डिजिटल न्युजका सामग्री नियन्त्रण गर्न पहिले भन्दा कडा नयाँ नियम ल्याउने घोषणा गरेको छ । 

भारतको आइटी कानुन एवम् न्याय मन्त्री रवि शंकर प्रसादले प्रेस सम्मेलनमा बोल्दै अबदेखि सामाजिक सञ्जाल कम्पनीहरुले अवैध सामग्रीलाई २४ घण्टा भित्र हटाइसक्नुपर्ने जस्ता निर्देशन पालन गर्नुपर्ने बताएका हुन् । 

विशेषगरी संवेदनशील पोस्टहरु जस्तै ड्रग्स दुरुपयोग, घृणात्मक सन्देश फैलाउने, यौन उत्पीडन, हिसा, जातीय विभेदका सामग्रीलाई कम्पनीले २४ घण्टा भित्र हटाइसक्नुपर्ने उनले बताए । त्यस्तै प्राविधिक कम्पनीहरुले तत्कालै सम्बोधन गर्नुपर्ने चिन्ताजनक सामग्रीहरु विरुद्ध प्रभावकारी कदम उठाउन प्रमुख अनुपालन अधिकारी, नोडल सम्र्पक अधिकारी र ‘रेसिडेन्स ग्रीभेन्स अफिसर’ नियुक्त गर्न पनि भनिएको छ । 

Agni Group

वास्तवमा यो नयाँ नियम यसअघि किसान आन्दोलन सम्बन्धी विवादमा ट्वीटरले सहकार्य गर्न अस्वीकार गरेकामा ल्याइन लागेको बताइएको छ । नयाँ नियम अन्र्तगत सोसल मिडिया फर्महरुले विवादास्पद या आपत्तिजनक सामग्री पोस्ट गर्ने प्रयोगकर्ताको पहिचान खुलाउनु पर्ने हुन्छ । विवादास्पद सामग्रीका बारेमा नभनेपनि सबैभन्दा पहिले गलत सूचना फैलाउन सुरु गर्ने प्रयोगकर्ताबारे खुलासा गर्नुपर्ने हुन्छ । 

यी नियमहरु साना फर्ममा तत्कालै लागू हुने तर उल्लेखनीय सेवाहरुलाई चाहिँ यसलाई अपनाउन तीन महिनाको समय दिइने बताइएको छ । 

Global Ime bank

प्रसादले भने, “भारत दुनियाँको सबैभन्दा ठूलो इन्टरनेट सोसाइटी हो र यहाँ सबै किसिमका कम्पनीहरुलाई व्यवसाय सञ्चालन गर्न अनि नाफा कमाउन स्वागत छ तर उनीहरु भारतको कानुन अपनाउन र संविधानको पालन गर्ने सम्बन्धी जिम्मेवार हुनुपर्ने हुन्छ । कुनैपनि सामग्रीको दुरुपयोग भएमा त्यसप्रति जवाफदेही हुनुपर्नेछ ।”

अरबौँका सङ्ख्यामा रहेका प्रयोगकर्ताहरु भएको भारतीय बजारमा आफ्नो स्थान पाउन प्राविधिक कम्पनीहरु संघर्षरत् छन् ।

तर पछिल्ला केही वर्ष प्रधानमन्त्री नरेन्द्र मोदीले ती कम्पनीहरुलाई नियन्त्रणमा ल्याउने किसिमका विभिन्न नयाँ कानुनहरु लागू गराइरहेका छन् । गत वर्ष भारतले साइबर सुरक्षा सम्बन्धी चिन्तालाई उल्लेख गर्दै २०० भन्दा धेरै चिनियाँ एपहरुमाथि प्रतिबन्ध लगाएको हो । भारतमा अहिले वाट्सएपका सबैभन्दा धेरै  ५३ करोड बढी प्रयोगकर्ता छन् । 

यसमा फेसबुकले यो नयाँ नियमबारे अध्ययन गरिरहेको बताएको छ । विश्वकै सबैभन्दा लोकप्रिय स्ट्रिमिङ सेवा नेट्फ्लिक्सले भने यसमा प्रतिक्रिया जनाउन अस्वीकार गरेको छ । अहिलेसम्म स्ट्रिमिङ कम्पनी जस्तै नेट्फ्लिक्स, डिज्नी प्लस, हटस्टार, एमएक्स प्लेयर लगायत भारतमा बिना कुनै सेन्सर सञ्चालन भइरहेका थिए । अब भने यिनले पनि कन्टेन्ट रेटिङ राख्नुपर्ने बताइएको छ । कम्पनीका प्रमुखहरुले यो नयाँ कानुनबारे सरकारले आफूसँग कुनै कुरा नगरेको बताइरहेका छन् । 

अन्तर्राष्ट्रिय मिडियाहरुको सहयोगमा 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १३, २०७७  १८:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC