site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
शिव पौडेलका हत्यारालाई आममाफी दिएपछि चितवनमा विरोध 

चितवन । चितवनका तत्कालीन तरुण दलका अध्यक्ष शिव पौडेलका हत्यारालाई सरकारले आममाफी दिएको भन्दै विरोध सभा गरिएको छ । लोकतन्त्र खेलकुद संघ केन्द्रीय समितिको आयोजना र जिल्ला कार्यसमिति चितवनको सहआयोजनमा भएको विरोध सभामा हत्यारालाई पुनः सजाय दिनुपर्ने माग गरिएको छ । 

विरोधसभामा बोल्दै स्वः पौडेलकी धर्मपत्नी विनु रायमाझी पौडेलले सरकारले हत्यारालाई आममाफी दिएर पीडितमाथि खेलवाड गरिएको बताइन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले पुनः दोषीलाई कारवाही गरी जेल सजाय गर्नुपर्ने माग गरिन् । 

प्रदेशसभा सदस्य मिलनबाबु श्रेष्ठले हत्यारालाई माफी दिनुपर्ने कानुन संविधानमै सच्याउनु पर्ने बताए ।

सभामा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले दोषीलाई पुनः कारवाही नगरे देशभर कांग्रेस आन्दोलनमा उत्रने चेतावनी दिए । 
 

प्रकाशित मिति: बिहीबार, फागुन १३, २०७७  १८:३३
प्रतिक्रिया दिनुहोस्