बाह्रखरी
sticky  ncell
coke
British college
coke
British college
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
सर्वोच्च अदालतको फैसला मान्छौँ : नेम्वाङ
NMB Bank
NMB Bank
बाह्रखरी - मंगलबार, फागुन ११, २०७७
Laxmi Bank
Laxmi Bank
sarbottam cement
Global bank
Agani Group

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ओली पक्षका स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले सर्वोच्चको फैसला स्वीकार गर्ने बताएका छन् । सर्वोच्च अदालतले संसद् विघटनको निर्णय बदर गरेपछि प्रतिक्रिया दिँदै उनले अदालतको फैसलाको कार्यान्वयन गर्दै अघि बढ्ने बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि पूर्वसभामुखसमेत रहेका नेम्वाङले प्रतिक्रिया दिएका थिएनन् ।

"म कानुनको शासनलाई मान्ने विद्यार्थी । सम्मानित सर्वोच्च अदालत भनेको संविधानको आधिकारिक व्याख्याता हो भन्ने हामीले संविधानमा नै व्यवस्था गरेका छौँ । मैले त अदालतमा मुद्दा चल्दासम्म विचाराधीन विषयमा बोल्दिनँ भनेको थिएँ । अब अदालतले निर्णय सुनाएको छ," उनले बाह्रखरीसँग भने, "कानुनको शासन मान्ने व्यक्ति भएको नाताले र शक्ति भएको नाताले हामी सर्वोच्च अदालतको फैसला मान्छौं, स्वीकार गर्छौं र त्यसलाई कार्यान्वयन गर्दै अघि बढ्छौं ।"

Nabil Bank
Nepal Investment bank
Nabil Bank
Nepal Investment bank
मंगलबार, फागुन ११, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्