site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सुरक्षा परिषद् बैठक- विप्लवसँग वार्ताको तयारी
तस्बिर : प्रधानमन्त्रीको निजी सचिवालय ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । सरकारले छिटै प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी नेत्रविक्रम चन्द विप्लव समूहसँग वार्ता गर्ने तयारी गरेको छ । सुरक्षा परिषद्को मंगलबार बसेको बैठकले विप्लवसँग वार्ताको तयारी थाल्ने र त्यसको प्रक्रिया सुरु गर्ने निर्णय गरेको एक सदस्यले जानकारी दिए ।

“विप्लव समूहसँग छिटै वार्ता हुन्छ । सरकारले त्यसको प्रक्रिया सुरु गर्छ,” स्रोतले बाह्रखरीसँग भन्यो, “सरकारले अब वार्ता आह्वान प्रतिबन्ध फुकुवालगायत प्रक्रिया सुरु गर्छ र वार्ताको प्रक्रिया अघि बढाउँछ ।” सरकारले अनौपचारिक रूपमा विप्लव समूहसँग संवाद अघि बढाएको थियो । केही दिनअघि मात्रै खानेपानीमन्त्री मणिचन्द्र थापाले नख्खु जेल पुगेर विप्लव समूहका नेता हेमन्तप्रकाश ओलीलाई भेटेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यसअघि पनि विभिन्न हिसाबले सरकारले विप्लव समूहसँग छलफल अघि बढाएको थियो । दुई दिनअघि मात्रै विप्लवले पनि वार्ताका लागि सकारात्मक रहेको बताएका थिए ।

सुरक्षा परिषद्का एक सदस्यले पनि विप्लवसँग वार्ता हुने विश्वास व्यक्त गरे । आजै बसेको मन्त्रिपरिषद् बैठकमा पनि यसबारे छलफल भएको थियो । औपचारिक निर्णय नभए पनि सरकार विप्लवसँग वार्ता गर्ने मनस्थितिमा रहेको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेशसिंह ठगुन्नाले बाह्रखरीलाई जानकारी दिए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन ११, २०७७  १६:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC