site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
अदालत परिसरबाट दुई थुनुवा फरार
प्रतीकात्मक तस्बिर ।
Ghorahi CementGhorahi Cement

विराटनगर । जिल्ला अदालत मोरङ परिसरबाट दुई थुनुवा ‘प्रहरीको आँखा छलेर’ फरार भएका छन् ।

लागुऔषध मुद्दामा सोमबार म्याद थप गर्न लगिएका मोरङको कटहरी गाउँपालिका–४ का ३७ वर्षीय मुुराज भनिने मनराज शेख र झापाको बिर्तामोड नगरपालिका–५ का २० वर्षीय प्रकाश चौधरी फरार भएका हुन् ।

Agni Group

उनीहरुको खोजीलाई तीव्रता दिइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए । शेख आइतबार दिउँसो कटहरीबाट आठ ग्राम ब्राउन सुगर (खैरो हेरोइन)सहित पक्राउ परेका थिए ।

चौधरी भने आइतबार विराटनगरको बरगाछीबाट लुपिजेसिक, डाइजेल्याब, एभिल नामकको लागुऔषधसहित पक्राउ परेका थिए । अदालतबाट म्याद थप भई फर्काएर प्रहरी कार्यालय ल्याउने तयारी गर्दैगर्दा उनीहरु हतकडीसहित फारर भएको बताइएको छ ।

Global Ime bank

सोमबार दिउँसो ३ः३० बजे प्रहरीले अदालत लगेकोमा उनीहरु अदालत परिसरबाटै भागेका हुन् । चियानास्ता खाने भनेपछि क्यान्टिन लगिएकोमा त्यहीँबाट भागेको बताइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन ११, २०७७  १४:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC