देश

काठमाडौँ । काठमाडौं उपत्यकामा भूतपूर्व सैनिक सम्मेलन २०७७ हुने भएको छ ।
उपत्यका पृतना हेडक्वार्टरअन्तर्गत काठमाडौँ, भक्तपुर र ललितपुरमा बस्ने र सोही क्षेत्रको बैंकबाट पेन्सन बुझिरहेकाले सेनाका भूतपूर्व सैनिक तथा पारिवारिक निवृत्तिभरणमा रहेका व्यक्तिलाई सम्मेलनमा सहभागिताको लागि आह्वान गरिएको छ ।
सम्मेलन मुख्य शिविर नारायणहिटी ब्यारेकमा हुँदै छ । तर, कोभिड–१९ का कारण स्वास्थ्य मापदण्ड पालना गर्दै सहायक शिविरहरु सञ्चालन हुनेछन् ।
सम्मेलनमा भाग लिन यही फागुन १४ देखि चैत १९ सम्म नजिकैको सैनिक ब्यारेकमा आवश्यक कागजातसहित सम्पर्क गर्न भनिएको छ ।
प्रकाशित मिति: मंगलबार, फागुन ११, २०७७ १२:२८
प्रतिक्रिया दिनुहोस्