site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
डडेलधुराका ३२ विद्यालयका प्रतिनिधि उपत्यकाका ‘नमुना’ विद्यालय भ्रमणमा 
Sarbottam CementSarbottam Cement

काठमाडौँ । सुदूरपश्चिम प्रदेशअन्तर्गत डडेलधुराबाट ३२ वटा विद्यालयका प्रतिनिधि काठमाडौं उपत्यका र काभ्रेका ‘नमुना’ विद्यालयको भ्रमण गर्न आएका छन् । लुनिभा बाल सरोकार समूहको पहलमा उनीहरु नमुना विद्यालय हेर्न आएका हुन् ।

यही फागुन ८ मा काठमाडौं आइपुुगेको ३७ जनाको टोलीमा अजेयमेरु गाउँपालिका र गन्यापधुरा गाउँपालिकाका जनप्रतिनिधि, विद्यालयका प्रधानाध्यापक, सहप्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका सदस्यहरु सहभागी छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

सुशासन कायम गर्न गुणस्तरीय शिक्षा नामक कार्यक्रम लुनिभा बाल सरोकार समूहले डडेलधुरामा चलाइरहेको छ । सोही कार्यक्रमअन्तर्गत तीनदिने तालिम दिई नमुना विद्यालय भ्रमण कार्यक्रम पनि राखेको समूहका कार्यक्रम व्यवस्थापक सन्तराम डंगोलले जानकारी दिए ।

भ्रमणमा सहभागी गन्यापधुरा गाउँपालिकाका अध्यक्ष तथा सामाजिक विकास समितिका संयोजक चक्रबहादुर देउवाले संघीय राजधानीको कारणले गर्दा यहाँका विद्यालय तुलनात्मक रूपमा भौतिक रूपमा सम्पन्न रहेको औँल्याए । उनी भन्छन्, “शिक्षक दरबन्दीको कमीले गर्दा विद्यार्थी प्रभावित भइरहेका छन् । नीति निर्माण गर्ने तहमा छौँ, हाम्रा विद्यालयलाई राम्रा विद्यालय बनाउँछौँ ।”

Global Ime bank

यस्तै, अजेयमेरु गाउँपालिकाका दुुर्गास्थान आधारभूत विद्यालयका प्रधानाध्यापक तीर्थराज पनेरु दूरीको हिसाबले केन्द्रभन्दा पर भएकाले राज्यको ध्यान अन्य क्षेत्रमा झैँ विद्यालयमा पनि नपुुगेको धारणा राख्छन् । नर्सरीदेखि कक्षा–८ सम्म पढाइ हुुने उनको विद्यालयमा शिक्षक दरबन्दी र भौतिक सुविधाको दृष्टिले पछाडि छ । उनी भन्छन्, “कक्षा–६ देखि ८ सम्म कम्प्युटर पढाउने पाठ्यक्रममै लेखिएको छ । तर, मेरो विद्यालयमा कार्यालय सञ्चालनको लागि मात्रै एउटा कम्प्युटर छ ।”

कोभिड–१९ र त्यसले निम्त्याएको लकडाउनमा घरदैलो र रेडियो कार्यक्रमबाट पढाएको सुनाउँदै उनी भौतिक सुविधा यथेष्ट हुँदैमा पढाइमा गुुणस्तर आउने कुरामा शंका व्यक्त गर्छन् । “सूक्ष्म कुराले पनि पढाइको गुणस्तरमा फरक पार्छ । नेतृत्व राम्रो भयो, मिहिनेती शिक्षक भए भने पनि त्यसले फरक पार्छ । स्थानीय ज्ञानलाई सिकाइमा परिणत गरे सिकाइ प्रभावकारी बन्न सक्छ ।” 

बालकेन्द्रित शिक्षण शिकाइको अवस्था, शैक्षिक सामग्री, भौतिक प्रर्वाधार र विद्यालय व्यवस्थापकीय प्रणालीको विषयमा अध्ययन अवलोकन गर्न गाउँपालिकाका प्रतिनिधिहरुलाई भ्रमण गराइएको हो । प्रतिनिधिहरुले गोदावरी नगरपालिका–८ स्थित चण्डीदेवी आधारभूत विद्यालय, पाटनढोकास्थित रातो बंगला स्कुल र धुलिखेल नगरपालिका–८ स्थित सरस्वती माध्यमिक विद्यालय र विनय बाल आधारभूत विद्यालयको भ्रमण गरेका छन् ।

समूहले सुदूरपश्चिम प्रदेशका विद्यालयको अवस्थाबारे शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठसँग अन्तरक्रियात्मक कार्यक्रम गरेको थियो । कार्यक्रममा मन्त्री श्रेष्ठले चालु शिक्षा प्रणालीबाट मुलुकले सोचेजस्तो फड्को मार्न नसक्ने भन्दै शिक्षा ऐन २०२८ परिमार्जनको गर्न आवश्यक रहेको औँल्याए । यसका लागि सबैको साथ र सहयोग अपरिहार्य रहेको मन्त्री श्रेष्ठको भनाइ थियो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन ११, २०७७  ११:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC