site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
नेपाल सुपर लिग वैशाख दोस्रो साताबाट
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) प्रतियोगिता वैशाख दोस्रो साताबाट सुरु हुने भएको छ । नेपालको पहिलो फ्रेन्चाइज फुटबल लिग वैशाख ११ गतेबाट हुने भएको हो ।

आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्टले सोमबार पत्रकार सम्मेलन गर्दै नेपाल सुपर लिग वैशाख ११ गतेबाट सुरु हुने जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रतियोगिता त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । प्रतियोगिता वैशाख २५ गतेसम्म सञ्‍चालन हुनेछ । अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा हुने लिगमा ७ प्रदेशबाट प्रतिनिधित्व गर्ने गरी विभिन्न सहरबाट सात टिमको सहभगिता रहनेछ ।

राउन्ड रोबिन लिगका आधारमा हुने प्रतियोगितामा कुल १९ खेल हुनेछन् । टिम र टिम मालिकको नाम भने यसै महिनाभित्र सार्वजनिक गरिने आयोजकले जनाएको छ ।

Global Ime bank

खेलाडीको छनोट अक्सनबाट हुनेछ । अक्सनबाट हरेक टिमले विभिन्न श्रेणीबाट २० खेलाडी छनोट गर्नुपर्नेछ । लिगमा एक टिमले तीन विदेशी खेलाडी राख्न पाउनेछ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १०, २०७७  १८:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC