site stats
बाह्रखरी :: Baahrakhari
विशेष
प्रतिगमनविरुद्ध दलित संगठनको प्रदर्शन (फोटो फिचर)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनकारी कदमविरुद्ध नेपाल दलित मुक्ति संगठन केन्द्रीय संघर्ष समितिले प्रदर्शन गरेको छ ।

काठमाडौंको माइतीघर मण्डलमा सोमबार नेपाल दलित मुक्ति संगठन केन्द्रीय संघर्ष समितिले संविधानको ‘कू’ प्रतिगामी कदमविरुद्ध विरोध प्रदर्शन गरेको हो ।

संगठनले संवैधानिक आयोगहरुमा हालै गरिएको असंवैधानिक नियुक्तिहरु खारेज हुनुपर्ने र असंवैधानिक तवरबाट गरिएको संसद् विघटन यथाशीघ्र पुन:स्थापना हुनुपर्ने भन्दै विरोध प्रदर्शन गरेको थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्रदर्शनका दौरान प्रदर्शनकारीहरुले माइतीघरदेखि नयाँ बानेश्वरसम्म विभिन्न नाराबारी गरेका थिए । हेरौं थप तस्बिर :

प्रकाशित मिति: सोमबार, फागुन १०, २०७७  १५:०८
प्रतिक्रिया दिनुहोस्