देश
काठमाडौं । मेलम्ची खानेपानीको सुरुङमा पानी भरेर परीक्षण सुरु गरिएको छ । सोमबार सुरुङमा पानी हालेर परीक्षण गरिएको हो ।
खानेपानी मन्त्री मणि थापा, नेता शेरबहादुर तामाङलगायतको उपस्थितिमा सुरुङमा पानी हालेर परीक्षण गरिएको थियो ।
अघिल्लो वर्ष नै सुरुङ पानी भरेर परीक्षण गरिएको भए पनि १७ नम्बर गेट फुटेर पानी निस्किएको थियो । सो पानीले बगाउँदा एक इन्जिनियर र चालकलाई बगाएको थियो ।
त्यसपछि पुनः काम अघि बढाइएको थियो ।
प्रकाशित मिति: सोमबार, फागुन १०, २०७७ १३:११
प्रतिक्रिया दिनुहोस्