
मुम्बई । भारतको सबैभन्दा लोकप्रिय टीभी रियालिटी शो ‘बिग बोस १४’ को विजेता रुबिना दिलैक बनेकी छिन् । १४औं सिजनको अन्तिम एपिसोडमा शो होस्ट सलमान खानले १५औं सिजनबारे केही जानकारी सार्वजनिक गरेका छन् ।
सलमानले दिएको जानकारीअनुसार ‘बिग बोस १५’ को तयारी अब केही महिनामै सुरु हुनेछ । भने यस सिजनमा जो-कोहीले पनि सहभागिता जनाउन पाउनेछन् । यसका साथै उनले आउने सिजनको रमाइलो पक्ष भनेको दर्शकले सहभागिताका लागि अडिसन दिनेहरुलाई भोट गर्न पाउनेछन् ।
बिग बोस १५औं चाँडै दर्शकले हेर्न पाउने जानकारी पनि सलमानले दिएका छन् । “हामी ६-७ महिनामै आगामी सिजनमा भेट्नेछौं,” सलमानले भनेका छन् । यसअघि पनि कमनर्सका रुपमा सर्वसाधारणहरु बिग बोसमा भित्रिइसकेका छन् । सन् २०१६ मा (नन सेलिब्रेटी) गुर्जरले ट्रफी जितिसकेका छन् ।
-नवभारत टाइम्स