site stats
बाह्रखरी :: Baahrakhari
देश
गोरखामा एकै परिवारका तीनजना मृत भेटिए
प्रतिकात्मक तस्बिर ।
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । गोरखामा एकै परिवारका तीनजना मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार बारपाक सुलिकोट गाउँपालिका १, बारपाकमा तीनजना मृत फेला परेका हुन् ।

गण्डकी प्रदेश प्रहरी कार्यालयका डीएसपी राजकुमार थिङका अनुसार मृत फेला पर्नेमा ८४ वर्षीय डिलबहादुर गुरुङ, २१ वर्षीया आइतकुमारी गुरुङ र १४ वर्षीया उषा गुरुङ छन् । गएराति सुतेका उनीहरु बिहान मृत भेटिएका हुन् ।

प्रहरी घटनास्थल गएको र अनुसन्धान सुरु गरिएको डीएसपी थिङले बताए ।

प्रकाशित मिति: सोमबार, फागुन १०, २०७७  १२:१६
प्रतिक्रिया दिनुहोस्