site stats
बाह्रखरी :: Baahrakhari
देश
कास्की, गुल्मी र लमजुङमा तीनजना मृत फेला
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । कास्की, गुल्मी र लमजुङमा शनिबार (हिजो) तीनजना मृत अवस्थामा फेला परेका छन् ।

कास्कीको पोखरा महानगरपालिका–३३, पट्नेरीस्थित विजयपुर खोलाको बगरमा हाल नाम, थर, वतन नखुलेका करिब ५५ वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

गुल्मीको रुरु गाउँपालिका–३, भिमरे पोखरा बस्ने ८७ वर्षीय नन्दकुमार ज्ञवाली आफ्नै घरको सुत्ने कोठामा मृत अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मी र इलाका प्रहरी कार्यालय रिडीबाट खटिएको प्रहरीले उक्त घटनाको अनुसन्धानको लागि उनकी बुहारीलाई नियन्त्रणमा लिएको छ ।

लमजुङ, मर्स्याङ्दी गाउँपालिका–९, लामागाउँ बस्ने अमित गुरुङको सात वर्षीय छोरा अंकित गुरुङ सोही ठाउँस्थित खुदी खोलामा मृत अवस्थामा फेला परेका छन् ।
 

प्रकाशित मिति: आइतबार, फागुन ९, २०७७  १२:४०
प्रतिक्रिया दिनुहोस्