site stats
बाह्रखरी :: Baahrakhari
खेल
रियलको जितमा क्यासिमिरोको गोल 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । साविक विजेता टोली रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा जित निकालेको छ । रियलको जितमा स्टर खेलाडी क्यासिमिरोले एक मात्र निर्णायक गोल गरे ।

शनिबार राति भएको खेलमा रियलले रियल भालाडोलिलाई १–० ले हराएको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा क्यासिमिरोले गोल गरेका हुन् । उनले खेलको ६५औँ मिनेटमा गोल गरेका थिए ।

जितसँगै रियलले २४ खेलबाट ५२ अंक जोडेको छ । एट्लेटिको ५५ अंकसहित शीर्ष स्थानमा रहेको छ ।

प्रकाशित मिति: आइतबार, फागुन ९, २०७७  ०८:४६
प्रतिक्रिया दिनुहोस्