site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
म लोभी हुन थालेँ
Sarbottam CementSarbottam Cement

बलिउड अभिनेत्री सारा अली खानले चलचित्र ‘केदारनाथ’बाट बलिउडमा डेब्यु गरेकी हुन् । सन् २०१८ देखि अर्थात् बलिउडमा प्रवेश गरेदेखि नै उनले दर्शकका लागि उत्साहजनक प्रोजेक्टस् (चलचित्र) हरू दिइरहेकी छन् । अभिनय यात्राको मात्र दुई वर्षको छोटो अवधिमा उनले रणवीर सिंह, सुशान्तसिंह राजपुत र वरुण धवनजस्ता अब्बल अभिनेताहरूसँग काम गरिसकेकी छन् ।

हालै अक्षयकुमार र धनुषसँग काम गरेको ‘अतरंगी रे’ पनि रिलिज भइसकेको छ । तर के सारा सोलो (एकल) फिल्मको नेतृत्व गर्न तयार भइसकेकी छन् ? सारा स्वयं यसो भन्छिन् :

Prabhu Bank
Agni Group
NIC Asia

चलचित्रमा उनको सोलो नेतृत्व 
मलाई थाहा छैन । मलाई कसैले चलचित्रको कथा सुनाउँदा, त्यो कथा वा भनौं विषय दर्शकलाई सुनाउनुपर्छ जस्तो लाग्यो भने मैले गर्ने हो । चाहे त्यो कथा म एक्लैले सुनाइरहेको होस्, मेरो छोटो भूमिका होस् वा ठूलो । अन्ततः म एउटा राम्रो र सान्दर्भिक कथा भन्न चाहन्छु ।

उनको योजना 
मेरो अभिनय करियरमा, म आज कमर्सियल चलचित्र गर्छु, भोलि सिरियस र पर्सि सोलो फिल्म गर्छु भनेर कहिल्यै सोचिनँ । त्यसरी कहिले चल्दैन पनि । मेरा लागि मेरो काम भनेकै कथा भन्नु हो । मलाई भन्नुपर्छ भन्ने लागेको कथा दर्शकलाई सुनाउने हो । त्यसैले त्यो चलचित्रमा म सोलो वा म सानो भूमिकामा मात्रै छु कि भन्ने कुराले केही फरक पार्दैन । 

Global Ime bank

उनको लोभ
तर ‘अन्तरंगी रे’ पछि भने म लोभी हुन थालेँजस्तो मलाई लाग्छ । र मैले राम्रा कामहरू मात्रै गरूँ जस्तो लाग्न थालेको छ । यसको मतलब म एक्लैले मात्रै गर्छु भन्ने होइन ।
 
म केवल त्यस्तो भूमिका र पात्र मात्रै निभाउन चाहन्छु जुन मैले निभाउन सक्छु र जसका लागि म सक्षम पनि छु । म त्योभन्दा बढी त्यसलाई जटिल बनाउन चाहन्नँ ।
 
बक्स अफिस नम्बर 
म हलका लागि कलाकार बनेको हुँ र हल नै मेरो प्रथम दर्शक हो । डिजिटल रिलिज हुनुको बेफाइदा भनेको, मेरो चलचित्र रिलिज भइरहँदा बक्स अफिस नम्बर चेक गर्न पाउँदिनँ र हलमा गएर नाच्न पाउँदिनँ ।
 
समय बुझ्न आवश्यक
कलाकार, मनोरञ्जनकर्ताका हिसाबले अहिलेको समयलाई बुझ्न जरुरी छ । पूरा विश्व नै आक्रान्त बनाइरहेको अहिलेको महामारीको अवस्थामा हाम्रो जिम्मेवारी र अहिलेको आवश्यकता भनेकै तपाईंलाई घरमै केही मनोरञ्जनात्मक र रमाइला खुराक पस्किने हो ।
 
हाम्रो उद्देश्य 
मनोरञ्जनकर्ताका हिसाबले यदि छोटो समयका लागि भए पनि तपाईंको तनाव बिर्साएर हसाउन सक्नु नै हाम्रो काम र उद्देश्य हो । त्यसैले हलमा होस् वा घरमै, तपाईं आफ्नो पूरा परिवारसँग बसेर हाम्रो चलचित्र हेरेर खुसी हुनुस् भन्ने हाम्रो अपेक्षा हो ।
 
(कोईमोई डटकम)

 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन ८, २०७७  ०७:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC