
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीलाई टिममा बोलाइएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार दोस्रो चरणको प्रशिक्षणका लागि २० खेलाडीलाई बोलाएको हो । यसअघि, क्यानले पहिलो चरणको प्रशिक्षणमा ३२ खेलाडीलाई समेटेको थियो ।
आइतबारबाट हुने टिमको दोस्रो चरणको बन्द प्रशिक्षणमा २० खेलाडीले सहभागिता जनाउने भएका हुन् । मुख्य प्रशिक्षक डेभ वाटरले टिमलाई प्रशिक्षण दिनेछन् ।
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत् नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक एकदिवसीय शृंखला पनि स्थगित भएपछि नेपालले तत्काल अन्तर्राष्ट्रिय खेल भने खेल्ने छैन ।
दोस्रो चरणको प्रशिक्षणमा बोलाइएका खेलाडी
ज्ञानेन्द्र मल्ल, पारस खड्का, दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, सोमपाल कामी, करण केसी, शाहब आलम, सन्दीप लामिछाने, शरद भेषावकर, कुशल मल्ल, अविनाश बोहोरा, कमलसिंह ऐरी, आसिफ शेख, सुशन भारी, कुशल भुर्तेल, ललित राजवंशी, विक्रम शोब, सन्दीप जोरा, पृथु बास्कोटा र वसन्त रेग्मी ।