site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
एपीएफले वालिङलाई ६–० ले हरायो, सावित्रा एक्लैले गरिन् ५ गोल
Sarbottam CementSarbottam Cement

काठमाडौं । सावित्रा भण्डारीले ५ गोल गरेपछि साविक विजेता एपीएफ क्लबले राष्ट्रिय महिला लिग फुटबलमा आफ्नो अपराजित यात्रालाई शनिबार पनि कायम राखेको छ ।

शनिबार सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्समा भएको पहिलो खेलमा एपीएफले वालिङ नगरपालिकालाई ६–० ले हरायो । सावित्रा एक्लैले ५ गोल गरिन् भने प्रिती राईले एक गोल थपिन् ।

Prabhu Bank
Agni Group
NIC Asia

एपीएफले मोफसलमध्येको बलियो टिम वालिङविरुद्ध सातौँ मिनेटमा सावित्राको गोलबाट अग्रता बनाएको थियो । खेलको १६औँ मिनेटमा सावित्राले व्यक्तिगत दोस्रो गोल गर्दा २०औँ मिनेटमा उनले ह्याट्रिक पूरा गरेकी थिइन् । इन्जुरी समयमा प्रितीले गोल गरेपछि पहिलो हाफमा एपीएफ ४–० ले अघि रहेको थियो । दोस्रो हाफमा एपीएफले थप दुई गोल थपेको थियो । खेलको ६४औँ मिनेटमा सावित्राले व्यक्तिगत चौथो गरिन् भने इन्जुरी समयमा पाँचौँ गोल गर्दै एपीएफलाई ६–० को सहज जित दिलाइन् ।

योसँगै एपीएफले जारी लिगमा लगातार नवौँ जित निकालेको छ । लिगअन्तर्गत पहिलो लेगको खेलमा एपीएफले वालिङलाई ३–० ले हराएको थियो । जितसँगै एपीएफले तालिकामा ९ खेलबाट २७ अंक जोडेको छ । एपीएफ शीर्ष स्थानमा छ । वालिङ ९ खेलबाट १४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

Global Ime bank

विराटनगर विजयी
लिगअन्तर्गत शनिबारै भएको दोस्रो खेलमा तालिकामा अंकको खोजीमा रहेको चौदण्डीगढी नगरपालिका विराटनगर महानगरपालिकासँग पराजित भएको छ । चौदण्डीगढीले लिएको सुरुवाती अग्रता कायम राख्न नसक्दा विराटनगर विजयी भयो ।

चौदण्डीगढीकी मनीता तामाङले आठौँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएकी थिइन् । तर, खेलको १५औँ मिनेटमा पार्वती घलेले गोल गर्दै विराटनगरलाई १–१ गोलको बराबरीमा ल्याइन् । ८६औँ मिनेटमा पार्वतीले व्यक्तिगत दोस्रो गोल गर्दै विराटनगरको जित सुनिश्चित गरिन् ।
तस्बिरः एन्फा ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन १, २०७७  १९:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC