site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

सहर शान्त छैन । बाहिर धेरै नदेखिए पनि युवा पुस्ताका सहरियाकाे मनभित्र काेलाहल छ । विशेषगरी युवा पुस्तामा असन्तुष्टि र त्यसकाे मुखर अभिव्यक्ति बढेर गएकाे देखिन्छ । परम्परगत राजनीतिक दलहरूकाे विराेधमात्र हाेइन याे भन्ने शुकवार मूलतः युवा नारीकाे विराेध र त्यसमा व्यक्त आक्रोशकाे स्वरले पुष्टि गरेकाे छ । बैतडीकी किशाेरी भागरथीका बलात्कारी हत्यारा पत्ता लगाउन असमर्थ रहेकाेमा सरकारविरुद्ध व्यक्त आक्राेश  एउटा घटनामा सीमित रहेकाे भने हाेइन । त्यस आक्राेशमा प्रतिनिधि सभा विघटनकाे विराेधदेखि चालीस वर्षमुनिका नारीलाई विदेश जान राेक्ने नियतले बनाउन लागिएकाे नियमप्रतिकाे असन्तुष्टि पनि मिसिएकाे छ । समष्टिमा राज्यकाे अधिनायकवादी र विभेदकारी चरित्रकै विरुद्ध व्यक्त आक्राेश हाे याे ।  यसैले राजधानीमा शुकवार गरिएकाे विराेध प्रदर्शन पशुपतिनाथ दर्शनकाे लाेभले सित्तैकाे बसमा काठमाडाैं आएकाे वा ओसारिएकाे हुलभन्दा निकै अर्थपूर्ण र दूरगामी महत्त्वकाे छ । 

कञ्चनपुरकी चेली निर्मलाकाे बलात्कारपछि हत्या गर्ने अपराधी अझै पक्राउ परेकाे छैन । राज्यले यसभन्दा पहिले पनि महिलाविरुद्ध विभिन्न प्रकारका विभेद गरेकै हाे । पहिले पनि पटकपटक  ‘संरक्षण’का नाममा विभिन्न रूप र शैलीमा निषेध तथा प्रतिबन्धका उपाय सरकारहरूले अपनाइएकै हाे । तर, त्यस्ता विभेदकारी निषेध र नियन्त्रणाका उपायहरू काम त लागेनन् नि ! नेपाली महिलाकाे बेचबिखन ओसारपसार नियन्त्रण गर्ने भन्दै सरकारले बनाउन खाेजेकाे नियमले उनीहरूप्रति विभेद नै बढाउने हाे । महिलालाई अझ सशक्त बनाउने हाे भने त निषेधात्मक हाेइन सशक्त बनाउने उपाय पाे अपनाउनुपर्छ त ! राज्यले कुनै पनि बहानामा निषेध, विभेद, नियन्त्रण र दमन गरिरहन सक्तैन भन्ने त विश्वमा मात्र हैन नेपाली समाजकै पछिल्ला दिनमा देखिएका विद्राेह तथा अवज्ञाले पुष्टि गरेकाे छ । काठमाडाैंमा शुकवार भएकाे विराेध प्रदर्शन यही विद्राेहकाे झिल्का हाे । लाग्छ, युगाैंदेखि जमेकाे आक्रोशकाे बाँध यही निषेधले फुटाइदिएकाे छ । यसपटक आन्दाेलनकाे आगाे  आक्राेश यत्तिकै सम्झाैतामा  निम्लाजस्ताे देखिँदैन । तयार भए हुन्छ क्यारे सबै आगतकाे स्वागत गर्न ।

Prabhu Bank
Agni Group
NIC Asia

 यसाे त, ४० वर्षमुनिका महिलालाई परिवारकाे अनुमतिविना एक्लै यात्रा गर्न नदिने प्रस्ताव लैङ्गिक आधारमै विभेदकारी भएकाले संविधानतः पनि मान्य हुँदैन । शासन संयन्त्र हाँक्नेहरूले पनि यति सामान्य कानुनी व्यवस्था नबुझेका त पक्कै हाेइन हाेला । तैपनि पटकपटक यस्तै प्रकार निषेध किन लागू गर्ने प्रयास गरिन्छ ? सरकारले तत्काल यस्ता असंवैधानिक निषेधकारी नियम कहिल्यै लागू नगर्ने घाेषणा गरेर आक्राेशकाे आगाे साम्य बनाओस् । साथै यस विषयमा समाजशास्त्रीय र मनाेवैज्ञानिक दृष्टिबाट कर्मचारी र राजनीतिक नेतृत्वकाे मानसिकताकाे अध्ययन पनि गर्नुपर्ने देखिन्छ ।  निषेधकाे याे उपाय कर्मचारीले प्रस्ताव गरेकाे हाे भने उनीहरूकाे साेचमा परिवर्तन गराउन राजनीतिक नेतृत्वले ध्यान दिनुपर्छ । म्यानमारका जर्नेलहरूले जस्तै ‘जेनरेसन जेड’ भनिने नयाँ पुस्ताकाे मानसिकता नेपाली शासकहरूले पनि नबुझेको देखियाे । 

 हुनत, शासकहरूले सामान्यतः यस्ता आन्दाेलनकाे गुरुत्व बुझेकाे देखिएकाे छैन । यसैले तिनकाे साेच बदलिएला भन्ने ठान्नु मूर्खता हुनसक्छ । तैपनि, आफ्नै कुभलाे नगर्ने हाे भने आक्राेशकाे बाढीले नबगाउँदै यस प्रकारकाे निषेधलाई नै निषेध गरून् । कथित ‘विशिष्ट व्यक्ति’काे सवारीका नाममा सार्वजिनक यातायात जाम गर्दा लैनचाैरमा भएकाे अवज्ञाबाट केही नसिक्ने हाे भने कुनै दिन नयाँ पुस्ताले सडकमा लागू गरिने निषेधका सबै नियमकाे अवज्ञा गर्नेछन् । सुरक्षाकर्मीलाई घरेलु नाेकर बनाउने मानवीय मर्यादाविपरीतकाे चलनविरूद्ध पनि उनीहरूले सडकमा आउन सक्छन् । यी त केही उदाहरणमात्र हुन् । यस्ता सबै अमानवीय र शाेषणमूलक प्रथा परम्पराका नाममा चलाउन तुरून्त बन्द गर्न शासकहरू तयार नभए परिणााम तिनैका लागि भयावह हुनसक्छ । शासकहरू सावधान !

Global Ime bank


 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन १, २०७७  १३:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC