site stats
बाह्रखरी :: Baahrakhari
खेल
नेपाल पुलिस क्लबको सहज जित

काठमाडौं । रौतहटको चन्द्रपुर नगरपालिकालाई हराउँदै विभागीय टोली नेपाल पुलिस क्लबले राजधानीमा जारी महिला राष्ट्रिय लिगमा सहज जित निकालेको छ ।

ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा शुक्रबार सम्पन्न खेलमा पुलिसले मोफसलको टोली चन्द्रपुरलाई ३-० ले हराएको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

पहिलो हाफमा १-० को अग्रता लिएको पुलिसले दोस्रो हाफमा थप दुई गोल गर्दै जित निश्चित गरेको हो । सिर्जना खड्काले पहिलो हाफमा गोल गर्दै टोलीलाई अग्रता दिलाएकी थिइन् । प्रतिस्पर्धात्मकजस्तो देखिएको खेलमा पुलिसलाई जित दिलाउन ५४औं मिनेटमा निर्मला विकले टोलीका लागि दोस्रो गोल गर्दा ८५औं मिनेटमा दोस्रो हाफमा मैदान प्रवेश गरेकी रेखा पौडेलले गोल गर्दै जित निश्चित गरिन् ।

जितसँगै पुलिसले तेस्रो स्थानमा रहेको वालिङसँग अंक बराबरी गरेको छ । चौथो स्थानमा रहेको पुलिसले ९ खेलबाट १४ अंक जोडेको छ । प्रतियोगितामा शनिबार दुई खेल हुनेछ । वालिङ नगरपालिका स्याङ्जा र विभागीय टोली एपीएफबीच प्रतिस्पर्धा हुँदा दिनको दोस्रो खेल विराटनगर महानगरपालिका र चौदण्डीगढी नगरपालिका उदयपुरबीच हुनेछ ।

प्रकाशित मिति: शुक्रबार, माघ ३०, २०७७  १८:१२
प्रतिक्रिया दिनुहोस्