बाह्रखरी
sticky  ncell
British college
British college
विदेश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
ट्रम्पमाथिको महाअभियोग संवैधानिक, प्रक्रिया अघि बढाउन सिनेटद्वारा स्वीकृत 
NMB Bank
NMB Bank
बाह्रखरी - बुधबार, माघ २८, २०७७
Laxmi Bank
Laxmi Bank
Sunrise bank
Sunrise bank

बीबीसी । अमेरिकी सिनेटले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि लगाइएको महाअभियोग पूर्ण रुपमा संवैधानिक भएका भन्दै  यसका लागि थप प्रक्रिया अघि बढाउन स्वीकृत गरेको छ । ट्रम्पको पक्षका वकिलहरुले यसअघि उनी ह्वाइटहाउसबाट बाहिरिसकेको हुनाले उनीमाथि महाअभियोग लगाउन नमिल्ने तर्क गरेका थिए । 

तर, रिपब्लिकनहरु समेतले यसमा ट्रम्प विरुद्ध कानुनी प्रक्रिया अघि बढाउन मत हालेका हुन् । ट्रम्पमाथि गत महिना संसद भवनमा भएको हमलालाई उक्साउने काम गरेको आरोप रहेको छ । त्यतिबेलाको एक सभामा भाषण गर्दै उनले आफ्ना समर्थकलाई नोभेम्बरको निर्वाचनमा धाँधली भएकाले त्यसको विरोधमा क्यापिटल भवनतर्फ अघि बढ्न भनेका थिए । यसपछि उनको आधारहीन दाबीको पछि लागेर हजारौँ प्रदर्शनकारी संसद भवनमा घुसेर तोडफोड अनि आतंक मच्चाएका थिए ।

Global bank

Agani Group

उक्त घटनामा पाँचजनाको मृत्यु भएको थियो । मंगलबार यसै सम्बन्धी सञ्चालन गरिएको सिनेट ट्रायलमा डेमोक्रेटहरुले ट्रम्पको भाषणको भिडियो देखाएका थिए ।   

ट्रम्प पक्षका वकिलहरुले डेमोक्रेट्सको यो कदम पछाडि राजनीतिक उद्देश्य भएको आरोप लगाइरहेका छन् । यसमा ट्रम्प दोषी ठहरिए भने उनले कहिल्यै पनि निर्वाचनमा सहभागी हुन पाउने छैनन् । 

sarbottam cement

मंगलबारको ट्रायलमा ६ रिपब्लिकनहरुको साथपछि महाअभियोगको पक्षमा १०० मा  ५६ मत प्राप्त भएको थियो । तर, ट्रम्पलाई आधिकारिक रुपमा दोषी ठहर गर्न दुई तिहाइ बहुमत आवश्यक पर्नेछ । त्यसैले अब बुधबार १६ घण्टापछि फेरि दुवै पक्षले आफ्नो केस प्रस्तुत गर्नुपर्ने छ । र, साताको अन्त्यसम्ममा सिनेटहरुले दुवै पक्षलाई प्रश्न गर्ने अवसर पाउनेछन् । यस सम्बन्धी अन्तिम फैसला सोमबारसम्म प्राप्त हुने अपेक्षा गरिएको छ । 

Nepal Investment bank
Nepal Investment bank
बुधबार, माघ २८, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्