बाह्रखरी
sticky  ncell
British college
British college
विदेश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
महिनावारीको मूल्य... महिमा बोबिन
NMB Bank
NMB Bank
बाह्रखरी - आईतबार, माघ २५, २०७७
Laxmi Bank
Laxmi Bank
Sunrise bank
Sunrise bank

काठमाडौं । एउटा ओभिएस कुराबाटै सुरु गरौं । महिलाहरूले महिनावारी हुँदा स्यानिटरी प्याड प्रयोग गर्दछ । जबकि हाम्रो देशमा महिलाहरूले हरेक महिना आफ्नो शरीरबाट बग्ने रगतलाई फरक-फरक तरिकाले डिल गर्छन्- भारतका धेरैजसो महिलाहरू आज पनि कपडा नै प्रयोग गर्छन् । जबकि हामीमध्ये धेरैजना पखेटा भएको टासिने सिन्थेटिक नेपकिन (प्याड) बारे परिचित छौं । यी दिनहरूमा (महिनावारीको समय) धेरैजसो महिलाहरूले देखिन सक्ने सम्भावित दागहरू छोप्नका लागि गाढा रंगका कपडाहरू लगाउँछन् ।

सन् २०१६ को गर्मी मौसमसम्म म पनि स्यानिटरी न्यापकिनका लाखौं पीडितहरूमध्ये एक थिएँ । त्यस वर्ष मैले थाहा पाए कि म महिनावारीको समयमा पनि नीलो समुद्रमा स्कुबा डाइभिङ (समुद्रमा माछा जसरी घुम्ने एडभेन्चरस गेम) गर्न सक्छु भनेर । यो मैले मिन्सुरल कप (महिनावारी हुँदा प्याडको विकल्पमा आएको कप) को बारेमा थाहा पाएको वर्ष थियो । २० वर्षीया कलेज पढ्दै गरेकी म, वातावरणका लागि काम गरिरहेको एउटा गैर-सरकारी संगठनमा स्वयंसेवाका लागि गएकी थिएँ । उनीहरूले मलाई रबरले बनाएको एउटा वस्तु देखाए जुन मेरो योनिमा फिट होलाजस्तो थिएन ।

एक स्वयंसेवकले मेरो नम्बर टिपिन् र पछि मलाई फोन गरिन् । उनले मलाई त्यो कप (मिन्सुरल कप) बारे जानकारीमूलक भिडियो पठाइन्, जसमा यो कसरी वातावरणमैत्री छ भन्ने कुराहरू उल्लेख गरिएका थिए । त्यो भिडियो हेरिरहँदा मेरो मनमा उठेको प्रश्न भनेको- यदि यो हरेकपटक किनिराख्नुपर्ने स्यानिटरी प्याडभन्दा सस्तो, प्रयोग गर्न सजिलो र आरामदायी छ भने किन सबै महिलाहरूले यसको प्रयोग गरिरहेका छैनन्, किन म यसकोबारे पहिलोपटक सुन्दै छु ? मैले यसको उत्तर मेरी आमाबाट पाएँ, जसले मलाई यो खरिद गर्न अनुमति दिनुभएन । मेरो योनिभित्र हाल्नुपर्ने वस्तु ? उनी मेरो कुमारित्व हराउँछ भन्ने डरमा थिइन् ।

Global bank

Agani Group

अब, कम अनुमान लगाउन सकिने कुरातर्फ प्रवेश गरौं ।
मेरी आमाको चिन्ता कुनै नयाँ र एकल थिएन । उनी समाजमा सबैले उठाइरहेकै विषयमै आवाज उठाइरहेकी थिइन् । हाम्रोजस्तो पित्तृसत्तात्मक समाजमा महिलाको कुमारित्वको विषयले निकै ठूलो चिन्ताको विषय हो । यदि कुमारित्व गुमाउनुको कारण मिन्सुरल कप हो भने पनि यो धेरै चिन्ताको विषय हो । त्यसैले यसको प्रयोग गरेको पाँच वर्ष भइसक्दा पनि म यसको सफा गर्नेबेला म तनावमा हुन्छु ।

म यो कपका बारेमा खुला रुपमा कुरा गर्न सक्ने एउटा मात्रै समूह भनेको मेरो स्कुलका केटीहरू हुन् । केही महिनाअघि मात्रै म मेरो कलेजका साथीहरूसँग राजस्थानको अलवार जिल्लाको दुर्गम गाउँमा गएकी थिएँ । आयोजकले हामीलाई पहाडको सुन्दर सूर्यास्त देखाउन केही पर लगे । हामीले यो पहाडको हरियाली जोगाइराख्‍ने प्रोजेक्टबारे कुरा गर्‍यौं । हामीले खैरो पहाडलाई हरियालीमा परिवर्तन गर्न स्कुलका बच्चाहरूले बनाएको बिउका बलहरू फाल्यौं ।

sarbottam cement

पहाड उक्लँदै गर्दा हामीले चट्टानमुनिका झाँडीहरूमा स्यानिटरी प्याड देख्यौं । यो वर्जित विषयबारे बुझ्‍नका लागि हामीसँग गएका पुरुष अनुरक्षले यसबारे उनकी श्रीमतीसँग बुझ्न निर्देशन दिए । उनकी श्रीमतीबाट मैले थाहा पाएँ कि त्यहाँ महिलाहरू आफूले प्रयोग गरिसकेका स्यानिटरी प्याड अरुले नदेखोस् भनेर त्यहाँ फाल्न लगिँदो रहेछ ।

त्यसको भोलिपल्ट मैले स्कुल पढ्ने केटीहरूसँग महिनावारीका बारेमा कुराकानी गर्ने सोचेँ । १५ जनाको समूहमा दुईजनाले यसबारे बोल्न इन्कार गरे भने अरुहरू कोही हाँसिरहेका थिए । मैले उनीहरूसँग महिनावारीको समयलाई कसरी पार लगाउँछन्, कस्तो प्रोडक्ट प्रयोग गर्छन् र दुखाइलाई कसरी कम गर्छन् भन्ने प्रश्न गरेको थिएँ । त्यसमध्ये केही केटीहरूले पहिलो महिनावारी भएसँगै विद्यालय छाडेको भन्ने कुराबारे म जानकार थिएँ । जवाफमा उनीहरूले पुनः स्कुल जाने इच्छासहित महिनावारीका बेला कपडाको प्याड बनाएर प्रयोग गर्ने र केहीले वातावरणका लागि काम गर्नेहरू गाउँमा आउँदा दिएर गएका प्याड प्रयोग गर्ने बताए ।

प्याड फोहोर वस्तु हो र यसलाई अरुसामु देखाउनु हुन्न भन्ने सोचका कारण उनीहरूले कपडाको प्याड प्रयोगपछि धोएर राम्रोसँग घाममा पनि नसुकाउने रहेछन् । यद्यपि उनीहरू यसलाई ओछ्यानमुनि लुकाएर राख्ने रहेछन् । मैले उनीहरूलाई यस्तो वस्तु धोएपछि लुकाउनेभन्दा राम्रोसँग घाममा सुकाउनुपर्छ भन्नेबारे जानकारी दिइरहँदा मलाई लाग्यो कि यो कुरा मैले महिलाहरूसँग भन्दा पनि पुरुषसँग गर्नुपर्ने रहेछ । तर यो ‘निषेध’ गरिएको शब्द (महिनावरी, प्याड) बारे बोल्ने पुरुष भेटाउन मलाई निकै गाह्रो थियो ।

मैले कुरा गर्न खोजेको अर्को विषय थियो, मिन्सुरल कप । यो विषय सुनेर केटीहरू स्तब्ध हुन्छ भन्ने सोचेको थिएँ तर उनीहरू जिज्ञासु देखिए । यद्यपि मैले सहरमै बस्ने दुई बच्चाकी आमाको भने विद्रोही हेराइ देखेँ । सहरमै बस्ने भए पनि उनका लागि यो विषय निकै ठूलो थियो । उनको चिन्ता हाइजिनलाई लिएर रहेछ । मैले उनीहरूलाई यो स्यानिटरी न्यापकिनजस्तै हाइजेनिक रहेको बताएँ । यसले महिनावारी हुँदा आउने नराम्रो गन्ध पनि बाहिर आउन नदिने र यो वातावरणमैत्री भएको पनि बताएँ । यो आर्थिक हिसाबले हेर्दा पनि निकै नै उचित भएको अध्ययनले देखाएको छ ।

“भारतका करिब १२ करोड २० लाख महिला र किशोरीहरू प्रत्येक मासिक चक्रमा आठवटा स्यानिटरी प्याड प्रयोग गर्ने रहेछन् । यस अर्थमा एक महिनामा एक लाख प्याड उत्पादन हुने देखाउँछ । यसअर्थमा भारतमा हरेक वर्ष करिब १२ अर्ब प्याड उत्पादन र डिस्पोज हुने गर्दछ ।”
तर मैले मिन्सुरल कप बिक्री गरिनँ, धेरैले यो खरिद गर्छन्‌जस्तो पनि लागेन । यदि सहरका शिक्षितहरूबीच नै यो लज्जास्पद र केवल कानेखुसी गर्न विषय हो भने झाडीमा फालिएका स्यानिटरी प्याडहरूभन्दा धेरै विषयमा अवरोध र जटिल विषयहरू भएको गाउँमा यो विषय उठाउनु र बेच्नु भनेको असम्भव कुरा थियो ।
-दी वायरबाट

Nepal Investment bank
Nepal Investment bank
आईतबार, माघ २५, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्