
काठमाडौं । कोरोना संक्रमितको संख्या विश्वमा १० करोड नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म कोरोना संक्रमितको संख्या १० करोड ४ लाख ५५ हजार ५२९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ५ लाख ६२ हजार १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधीमा १६ हजार ६१ कोरोना संक्रमितको मृत्यु भएको छ ।
तथ्यांक अनुसार हालसम्म कोरोनाका कारण २१ लाख ६६ हजार ४४० जनाको मृत्यु भइसकेको छ ।
कोरोनाबाट विश्वमा सबैभन्दा धेरै प्रभावित देश अमेरिका, भारत, ब्राजिल लगायत हुन् ।
नेपालमा हालसम्म २ लाख ७० हजार ५८८ जनामा कोरोना संक्रमण देखिएको छ । २ हजार २० जनाको मृत्यु भइसकेको छ ।
नेपाल हाल सक्रिय संक्रमितको संख्या ३ हजार २०३ रहेको स्वास्थ्य तथा जसंख्या मन्त्रालयले जनाएको छ ।