site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी गल्फ
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
‘बैंकले तारन्तार फोन गरिरहन्छन्’
Ghorahi CementGhorahi Cement

पोखरा । कोरोनाले नेपालको पर्यटन क्षेत्रमा पनि नराम्रोसँग असर पारेको छ । कोभिड १९ को असरबाट पर्यटनलाई उकास्ने प्रयासस्वरुप बाह्रखरी मिडियाले एनसेल–बाह्रखरी पहलअन्तर्गत पोखराका कृषि, मासु, माछा, फलफूल, डेरी व्यवसायीबीच गरेको अन्तरक्रियामा सहभागी तरकारी सप्लायर्स गणेश कुँवरले आफ्ना समस्या यसरी सुनाए ।

तरकारी राम्रोसँग बिकेको छैन । साहुहरुले तरकारी व्यवसाय चलेको छ भन्छन्, भाडा माग्छन् । पहिलेजस्तो व्यापार छैन । गाह्रो छ । थोरै सामान पनि ट्याक्सीमा ल्याउनुपर्छ, भाडा उत्तिकै चर्को छ । हाम्रो र किसानको मर्का उस्तै छ । हामीहरुको समस्या उस्तै हो । हाम्रो बिक्री भए मात्रै किसानको पनि बिक्री हुने हो । हाम्रो नै सप्लाई भएन भने किसानको तरकारी पनि बिक्दैन । 

कोरोनापछि हाम्रो व्यवसाय चार भागमा एक भाग पनि चलेको छैन । अलिकति सुधार होला जस्तो छ तर भएको चाहिँ छैन । हामीलाई कोही सोध्न पनि पाउँदैन । हामीलाई के समस्या छ कसैले बुझ्न पनि आएका छैनन् । राज्यले त हामीलाई सहयोग गरिदिए हुन्थ्यो । भाडाकै कुरा गरौँ, घरबेटीले छुट दिँदैनन् । राज्यले यसमा छुट गरिदिए त केही सहज हुन्थ्यो । बैंकको किस्ता छ, त्यो पनि तिर्नैपर्‍यो । राज्य कहाँ छ ?

Agni Group

 

Global Ime bank

 

बैंकले एक महिना ढिला पनि हुन दिँदैन । फोन गरिरहन्छ । बीचमा केही समय बैंक पनि बन्द हुँदा फोन आएन । अहिले त निरन्तर तारन्तार फोन गरिरहन्छ । हामीजस्ता सप्लायर्स साथीहरु धेरै साथीहरुले छाड्नुभएको छ । गाउँ पलायन हुनुभएको छ । होटेलहरु नचल्दा हामीले सप्लाइ पनि गर्न पाएनौँ । अनि पलायन हुनुको विकल्प पनि रहेन ।

राज्यले अनुदान दिए केही राहत, सहयोग हुन्थ्यो कि ? अहिले त व्यवसाय धरापमा छ । ऋण तिर्नै गाह्रो छ । नगद अभावका कारण समयमा तरकारी किन्न सकिँदैन । अहिलेको समयमा राहत आवश्यक छ । कोभिड १९ को असरबाट पर्यटनलाई उकास्ने प्रयासस्वरुप बाह्रखरी मिडियाले एनसेल–बाह्रखरी पहलअन्तर्गत पोखराका व्यवसायीबीच अन्तरक्रिया गरेको हो ।

 

 

सुस्ताएको पर्यटन क्षेत्रलाई पुनर्जिवित गर्न एनसेललगायतका कर्पोरेट क्षेत्रको सहयोगमा बाह्रखरीले गल्फ आयोजना गर्न लागेको हो ।   एनसेल प्रमुख प्रायोजक रहेको बाह्रखरी गल्फको यो प्रतियोगितामा नेपाल टुरिजम बोर्ड, गण्डकी प्रदेश सरकार तथा पोखरा महानगरपालिकाको पनि सहकार्य रहेको छ ।  अन्य प्रायोजकमा डिसहोम, भाटभटेनी सुपरमार्केटस्, नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड, काल्र्सबर्ग, सिभास रिगल, हुन्ड्याई मोटर्स र आईएमई रहेका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ १५, २०७७  १८:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC