site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
 चौबाटोमा देशको दशा दिशा

‘बेइमानी राजनीति’को प्रतिफल देशको भविष्य चौबाटोमा पुगेको छ । भविष्य वर्तमान भएर गुज्रने हुँदा आउने समयले कस्तो दशा दिशा लिने हो अहिले सम्भावनाहरुमात्र खोतल्न सम्भव छ । र, पनि एउटा निष्कर्ष — सजाय वा कष्ट नेपाली र देश नेपालले भोग्नुपर्ने निश्चित देखिन्छ । देशको भावी दिशालाई चौबाटो अर्थात् यस अन्योलको भुमरीमा भने कम्युनिस्ट भन्नेहरुले नै धेकेलेको हो ।

नेपाली समाज किन यतिबेला यतिविघ्न पिरोलिएको छ ? रहरले त यस्तो पिरलो लिएको होइन । समाजको सोख त निश्चिन्त देशले प्रगतिपथ लिओस् भन्ने नै थियो । कम्युनिस्टले समाजको सोखलाई निर्मम धोका दिए र यसको प्रथम पुरुष कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली भए । 

प्रगतिशील राजनीतिको नारा दिने कम्युनिस्टहरु व्यवहारमा अनुदार, अवसरवादी र धोकेबाज अनि चरित्रमा सामन्ती हुने देशी विदेशी घटनाले प्रस्ट्याएकै थियो । नेपालका कम्युनिस्टहरुको पनि यस्तो अलोकतान्त्रिक चरित्र पटकपटक पुष्टि भएकै हो र यसपटक त्यो पुनः प्रकट भयो । 

Prabhu Bank
Agni Group
NIC Asia

भन्दा कठोर लाग्छ र नमीठो पनि । मुलुकको कुनै राजनीतिक दलप्रति नमीठो टिप्पणी सहज हँुदैन र राम्रो पनि लाग्दैन, मानिदैन । सत्य उद्घाटित गर्न भनें त्यस्तै नमीठो उधिन्नै पर्दोरहेछ । सत्य त सत्य हुन्छ, त्यसले मीठो नमीठो रोज्दैन । रोज्ने त हामीले पो रहेछ । नेपालका कम्युनिस्ट खासगरी सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेपाली राजनीतिको असाध्य दीर्घरोग निदान (पहिचान) भएको छ । नमीठो तर सत्य टिप्पणी यही हो ।

यही कम्युनिस्टका कारण नेपालको भविष्य पुनः चौबाटोको अन्योलमा छ । राजनीतिमा स्मृति र विस्मृति पातलो वा गाढा दुवै हुन्छ । इतिहासले समेटेर राख्नेबाहेक दुर्दिन पनि नयाँ भविष्य वा सम्भावना देखे भने मानिसले चाँडै बिर्सिन सक्छन् । मानिस क्षमाशील पनि हुन्छ । बिर्सिदिने र क्षमाशील नेपाली चरित्रको सबैभन्दा बढी शोषण कम्युनिस्टहरुले नै गरेका छन् । इतिहास हेरे थाहा हुन्छ । यसको अर्थ अरु राजनीतिक शक्ति दूधले धोएका भन्न खोजिएको होइन । यस मामलामा चाहिँ तुलनाको तराजु कम्युनिस्टले नै झाँटेका छन् ।   

Global Ime bank

पार्टी झगडाले उत्पन्न क्रोधमा प्रतिनिधि सभाको ‘अवैध’ विघटन गर्ने कम्युनिस्ट सरकारले फैलाएको अन्योलबीच सम्भावना अनेक छन् । पहिलो त लोकतान्त्रिक संविधान निरस्त हुनेछ । सातौं संविधानको अभ्यासमा रहेका हामीलाई जनसहभागी संविधान सभाबाट प्राप्त संविधान पनि परास्त हुने घटना विश्वको लागि कठोर उदाहरण हुनेछ । परास्त संविधानसँगै यसले लिएको सबै राजनीतिक उद्देश्य, उपाय निरस्त हुनु हो । 

संविधान त अनिवार्य छ तर लोकतान्त्रिक संविधान परास्त गरिँदा पछि पाउने संविधान कस्तो प्रणालीको र संविधान दिने कसले ? यो सम्भावना अनिश्चित र भयदायी छ । अहिलेको संविधानले हार्नु भनेको नेपालले आफ्नो जीवनमा पाएको पहिलो संविधान सभाले नै पराजय बेहोर्नु हो । 

सम्भावनाको अर्को विकल्पमा गणतन्त्र फालिने हो कि ? राजतन्त्र फर्कने हो ? सजिलै यो सम्भावना साकार होला र ? तर ‘राजा आऊ देश बचाऊ’ वा ‘राजा ल्याऊ देश बचाऊ’(राप्रपाको नारा) भन्नेहरुले देखेको सपना भने यही हो । विगतमा राजतन्त्रले लोकतन्त्र बचाएको पनि देखिँदैन र देश बचाएको भन्ने पनि कसोरी ? इतिहास कोट्याएर लामो उदाहरण दिन खाँचो छैन, त्यसो त देश अहिले राजा नभए पनि त बाँचेकै छ । 

‘भैँसीको सिङ भिराएको बाख्रोजस्तो संघीयता’ र राजतन्त्र उन्मूलनपछिको गणतन्त्रलाई ‘बयलगाडा’मा बसाएर न्यूयोर्क नगरलाई उपहार पठाइदिने जोखमि पनि त्यत्तिकै छ भनिन्छ । ‘संघीयता र गणतन्त्र’ जुम्ल्याहा जन्माएको संविधान परास्त गरिनुको सम्भावित परिणाम जुम्ल्याहा नरहनु जस्तै त हुने होला ?

पशुपतिनाथमा नित्य पूजाअर्चना गरेर धर्मकर्म सम्पादन भएको मान्ने नेपालीलाई धर्मनिरपेक्षता असह्य हुनु स्वाभाविक हो । उनीहरुलाई धार्मिक एकाधिकारको नशा लाग्यो त अरुलाई पनि हुने यस्तै हो । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले बाइबलमाथि हात राखेर शपथ खाएको हालैको दृश्य पनि त प्राप्त छ ।

धर्मनिरपेक्षता बोक्ने संविधानलाई कम्युनिस्टहरुले खड्ग प्रहार गरे त हिन्दु भन्नेलाई कस्तो लाग्यो ? स्वाभाविक भन्दा सकिउन्जेल धकेल्ने सम्भावना यता पनि छ कि ? 

चित्त नबुझेका धेरैका धेरै कुरा संविधानसँग होलान्, छन् । तिनलाई सुन्नका खातिर सुधार, परिमार्जन वा संशोधन गर्ने बाटो पनि संविधानले नै देखाएको छ । सम्भावनाको यो बाटो दुई तिहाइ पुग्नसक्ने उपायबाट कम्युनिस्ट सरकारले तराई मधेस, आदिवासी, जनजाति, धर्मावmम्बी वा अरु कसैको पनि माग वा उचित आवश्यक सुनुवाइ, समाधान र सुल्झाउने काम गरेन । बरु संविधान नै भत्काउन उद्यत रह्यो । 

बरु, संविधान निर्माणको बेला नेतृत्व दिने प्रधानमन्त्री सुशील कोइरालाले संविधान संशोधनको ढोका उघारिदिएका थिए । ढोकाबाट पसेर सहमतिले समस्या समाधानको उज्यालो सम्भावना खोज गर्ने सहज बाटो छोडेर कम्युनिस्ट सरकार जस्केलाबाट छिरेर घर नै जलाउन लागेको छ । संविधान (राजनीतिक घर) जोगाउनु भनेको मूलतः लोकतन्त्र बचाउनु हो । लोकतन्त्र बाँचेमात्रै नागरिक स्वायत्तता र सार्वभौमिकता सबै बाँच्ने छन् । 

यादमा आफ्नै जीवन दिन फर्किएर हेर्दा नेपाली राजनीतिमा आवश्यक विषयमा विमर्श कम वा शून्य र अनावश्यक विषयमा अनावश्यक अर्थात् अति विमर्श भएको भेटिन्छ । यसको कारक ‘कथित’ राजनीति र दलहरु हुन् । यसपछि विमर्शदायी नागरिक समाज । 

उदाहरणका लागि यो संविधानसँग विभिन्न क्षेत्र वा वर्गले राखेको अपेक्षा र माग विषयमा राजनीतिक तहबाट खुला र पारदर्शी विमर्श हुनु, गर्नुपर्ने होइन र ? तर त्यसो गरिएन । अनावश्यक विवाद खडा गरियो । अहिले ओली समूहको कम्युनिस्ट सरकारले त्यस्तै खराब विवाद र उल्झनमा देशलाई फसाएको छ । 

जनताको माग सम्बोधन गर्न राजनीतिक सहमति हुनुपर्ने । सहमतिले संविधान संशोधन गर्न सकिन्छ वा जनमत संग्रह गर्न आवश्यक विषय भए पनि सहमति जुट्नुपर्ने । यस्ता विषयमा कतै विमर्श भएन सहमति खोजिएन । सधैँ भयो त सत्ता बाँडफाँट वा स्वार्थको गठबन्धनमा । संंविधान बनाउन बाध्यात्मक सहमति भयो तर यसको कार्यान्वयमा जुन स्वःस्पूmर्त सहमति चाहिन्थ्यो त्यो भएन, कम्युनिस्टले त झन् भत्काई दिने नै भए । 

सत्ता स्वार्थको गठबन्धन नेकपामा झगडाको फिलिङ्गो राज्य स्रोतको दोहनमा हिस्सेदारी नमिल्दा सल्किएको हो । कम्युनिस्टबीचको स्वार्थले क्रमशः फैलिँदै बढेको डँडेलोले संविधान, लोकतन्त्र र अन्ततः देशलाई नै सखाप पार्ने डर बढ्दैछ । कम्युनिस्ट ओली सरकारले विकास, स्थिरता र शान्तिको अपेक्षा आकाश फलजस्तै बनायो । देशलाई पुनः अप्रिय द्वन्द्वको चरणमा प्रवेश गरायो ।

काम चलाउ प्रधानमन्त्री ओलीको हतासाजन्य आक्रोश सुन्दा लाग्छ उनको निर्णयका आलोचकहरु सबै लोकतन्त्र, संविधान र देश विरोधी हुन् । यस्तो निकृष्ट वा अराजक आरोप लगाउँदै, सुनाउँदै हिँड्ने प्रधानमन्त्रीको यस्ता भनाइ सुन्ने जति वा देशकै लागि लाज हो । 

संविधान, लोकतन्त्र र देशभक्तिको प्रतिबद्धतामा कसैमाथि लाञ्छना लगाउने कुनै अधिकार र हैसियत कम्युनिस्ट नेता ओलीसँग छ ? ओलीको कीर्तन गान गर्नेहरु नै ती प्रतिबद्धताका हकदार हुन् भनेको कि के ? यस्ता भनाइ प्रजातन्त्र शब्द घोकेर हुकुमी शासन गर्ने दमनकारी मनसाय हो कि के ? 

‘स्थिर’ भनिएको कम्युनिस्ट सरकारले उब्जाएको द्वन्द्वको बहानामा संकटकाल थोपर्ने जोखिम पनि छ । कम्युनिस्ट ओली समूहका प्रधानमन्त्री केपी ओलीले राष्ट्रपतिसँगको मिलेमतोमा संविधान र लोकतन्त्रमाथि गरेको प्रहार नेपाली समाजको अहिले पहिलो चुनौती हो । थप रचिने सरकारी षड्यन्त्रलाई परास्त गरेर लोकतन्त्र बचाउन सकेमात्र देशको दशा दिशामा सकारात्मक मिर्मिरे देखिनेछ ।                    
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ १५, २०७७  ०९:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC