site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
‘आइकनफेस’ एपको दोस्रो भर्सन सार्वजनिक
Sarbottam CementSarbottam Cement

काठमाडौं । अष्ट्रेलियामा बस्दै आएका नेपाली युवाले निर्माण गरेको ‘आइकनफेस’ नामक एपको दोस्रो भर्सन सार्वजनिक भएको छ । कोरोना महामारीका कारण घरमै बसिरहेका मानिसलाई लक्षित गर्दै उनीहरुले यो एपको शुरुआत गरेका हुन् ।

उनीहरुले स्थापना गरेको असनेप आईटी सोलुसनले एपको विकास गरेको हो । सोलुसनका सीईओ विवेक क्षेत्रीका अनुसार परिमार्जित भर्सनमा आएको यो एपमार्फत मानिसले आफ्नो गोप्यता कायम राख्न सक्नेछन् । यसमा पोस्ट गर्ने व्यक्तिले आफ्नो नाम, पोस्ट र च्याटलाई गोप्य राख्न सक्ने सुविधा छ ।

Prabhu Bank
Agni Group
NIC Asia

“घरमा बसिरहँदा भइरहने तनावलाई हटाउन हामीले यो एपको विकास गरेका हौं,” विवेकले भने, “यस्तो समयमा मानिसहरु डिप्रेसनमा परेका हुन्छन् । उनीहरुले यो एपमार्फत आफ्नो नाम लुकाएर सल्लाह सुझाव माग्न सक्छन् ।” 

विवेकले इन्स्टाग्राममा जस्तै यो एपमा प्रयोगकर्तालाई फलो गर्न सकिने बताए । “एपमा पब्लिक पोस्ट, सेक्रेट पोस्ट, विज्ञापन गर्न सक्नेलगायतका सुविधाहरु दिइएको छ,” जारी विज्ञप्तिमा भनिएको छ, “यसबाहेक तपाईंले कुरा गर्न चाहेका र मन मिल्ने शीर्ष साथीहरुको समूह बनाएर पनि कुराकानी गर्न सक्नुहुनेछ । यसमा मान्छेको नाम, उमेरलाई लुकाउने सुविधा पनि छ ।”

Global Ime bank

प्रयोगकर्ताले प्लेस्टोरमा https://play.google.com/store/apps/details?id=com.ausnep.iKonfess  बाट र आइफोनमा https://apps.apple.com/au/app/ikonfess/id1511519710 बाट यो एप्स प्रयोग गर्न सक्छन् । सोलुसनको नेपालमा पनि शाखा रहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ १३, २०७७  १३:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC