site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

व्यक्तिको सोच र संस्कारले समस्यालाई हेर्ने कोण र समाधान फरक पर्दोरहेछ । काठमाडौं र ललितपुर महानगरपालिका क्षेत्रमा पैदल बाटाका (फुटपाथ) पसलको व्यवस्थापन यसको ज्वलन्त उदाहरण बनेको छ । त्यसो त साइकल मार्ग निर्माण र पुरातात्विक सम्पदाको संरक्षण एवं पुनःनिर्माणमा पनि ललितपुर महानगरपालिकाले सराहनीय कार्य गरेको मानिन्छ । परन्तु, फुटपाथमा सञ्चालन गरिने व्यवसायको व्यवस्थापनमा अपनाएको मानवीय दृष्टिकोणले ललितपुर महानगरपालिकालाई काठमाडाैंभन्दा अलग बनाएको छ । काठमाडौं महानगरपालिका क्षेत्रमा पैदल बाटामा व्यवसाय गरेर गुजारा चलाउनेहरू कुन बेला सामान खोसिने हो वा सामान छाडेर भाग्नुपर्ने हो भनेर सधैँ त्राहीमाम् हुन्छन् । ललितपुरमा भने त्यस्ताे व्यवसाय गर्न स्थान र समय तोकिदिएकाले उनीहरू ढुक्कसँग व्यवसाय गर्न पाउँछन् ।

पैदल बाटामा पक्कै पनि पैदल यात्रुको सुविधालाई प्राथमिकता दिनुपर्छ । तर, त्यसको व्यवस्थापनमा मानवीय दृष्टिकोण अपनाउन त सकिन्छ । काठमाडौं महानगरपालिकाका अधिकारीहरूले पैदल यात्रुको सुविधाका लागि त्यहाँ व्यवसाय गर्नेहरूमाथि धरपकड गरेको दाबी गरे पनि सहरका अधिकांश सडकहरूमा हुनेगरेको अतिक्रमणमा देखाएको उदासीनता हेर्दा पत्याउन सकिँदैन । फुटपाथ नभएका साँगुरा सडकदेखि मूलसडकहरूमा जताततै अव्यवस्थितरूमा सवारी साधन राख्ने, निर्माण सामग्री थुपार्ने वा पसलको सामान फिँजार्ने गरेको दृश्यले काठमाडाैं महानगरपालिकाका अधिकारीको दाबी झुटो भएको पुष्टि गर्छन् । पैदल बाटामा पसल थाप्ने बीसौं जना दिनहुँ सामान जफत गरिने वा लखेटिने ‘कारबाही’मा पर्ने गरेको काठमाडाैं महानगरपालिकाका अधिकारीले स्वीकार गरेका छन् । ललितपुर महानगरपालिका क्षेत्रमा भने पैदल बाटामा व्यवसाय गर्नेहरूका लागि यात्रुहरूलाई असुविधा नहुनेगरी स्थान र समय तोक्ने तथा सम्झाउने बुझाउने गरेर व्यवस्था मिलाइएको छ । यसले पैदल बाटामा पसल थापेर गुजारा चलाउनेहरूको पनि हित भएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

संयोगवश निषेधलाई ‘रामवाण’ ठान्ने  काठमाडाैं महानगरपालिका र मानवीय दृष्टिकोण राखेर समस्या समाधानकाे उपाय खोज्ने ललितपुर महानगरपालिकाको नेतृत्वमा दुई बेग्लाबेग्लै राजनीतिक दर्शनमा विश्वास गर्ने राजनीतिक दलका उमेदवार विजयी भएका छन् । तर, दुवै महानगरपालिकाको अधिकार क्षेत्र तथा काम कर्तव्य र अधिकार त एउटै हो । मोटामोटी दुवै महानगरका समस्या पनि उस्तै हुन् । यसैले काठमाडौं महानगरपालिकाका निर्वाचित प्रतिनिधिले पनि मानवीय दृष्टिकोण राखेमा पैदल बाटामा व्यवसाय गर्नेहरूलाई नरुवाईकन समस्या समाधान गर्न असम्भव थिएन र अझै पनि छैन । दिनहुँ समातिने साइकल, ठेलाजस्ता सामान कुच्याएर कबाडीलाई बेच्दा महानगरपालिकाले केही पैसा पाउला र कर्मचारीलाई खोसिएको तरकारी र फलफूल फाइदा होला । तर, गुजाराका लागि सडकमा पसिना बनाउनेहरूको आँसुले भने पक्कै पनि पिरोल्छ । यसैले काठमाडौं महानगरपालिकालगायत अरू स्थानीय तहहरूले पनि नगरको व्यवस्थापनमा मानवीय दृष्टिकोण अपनाउनु आवश्यक देखिन्छ । गुजारा चलाउनका लागि पसिना बगाउनेहरूलाई सजाय होइन सहयोग पो दिनुपर्छ त !

 

Global Ime bank


 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ १२, २०७७  १५:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC