टाटाका गाडी किन्ने ग्राहकले हिमालयन बैंकबाट ८० प्रतिशतसम्म कर्जा पाउने

टाटाका गाडी किन्ने ग्राहकले हिमालयन बैंकबाट ८० प्रतिशतसम्म कर्जा पाउने

काठमाडौं । सिप्रदी ट्रेडिङका ग्राहकलाई टाटा मोटर्सका कमर्सियल र प्यासेन्जर गाडी किन्न हिमालयन बैंकले सस्तो ब्याजदरमा कर्जा दिने भएको छ ।

यससम्बन्धी सम्झौतापत्रमा सिप्रदीका कमर्सियल भेहिकलका तर्फबाट जेनेरल म्यानेजर अनुपमणि ढकाल तथा हिमालयन बैंकका कार्यकारी अधिकृत जयेन्द्रविक्रम शाहले हस्ताक्षर गरे ।

सम्झौताअनुसार हिमालयन बैंकले टाटाका गाडी किन्न चाहने ग्राहकलाई कमर्सियल गाडी खरिदमा ७० प्रतिशतसम्म र प्यासेन्जर गाडी खरिदमा ८० प्रतिशतसम्म कर्जा दिने सिप्रदीले जनाएको छ । सो कर्जा अति न्यूनतम ब्याजदरमा प्रदान गरिने बताइएको छ ।

प्रतिकृया दिनुहोस
ad