site stats
बाह्रखरी :: Baahrakhari
खेल
सिजरिन र गीतालाई लाइफटाइम अचिभमेन्ट अवार्ड

काठमाडौं । पूर्वटेबलटेनिस खेलाडी गीता क्षेत्री र सिजरिन शाहले ‘एनएसजेफ पल्सर स्पोर्ट्स अवार्ड’ मा लाइफटाइम अचिभमेन्ट अवार्ड प्राप्त गरेका छन् ।

ललितपुरको सातदोबाटोस्थित कराते हलमा मंगलबार भएको अवार्ड कार्यक्रममा गीता र सिजरिनलाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

टेबलटेनिसमा लामो समयसम्म योगदान पुर्‍याएका गीता र सिजरिनलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरिएको हो ।

सन् अस्सीको दशकमा गीता र सिजरिनले यस्तै बाधा मात्र तोडेनन्, नेपाली खेलकुद इतिहासकै एक सर्वकालीन गौरवको उपलब्धि पनि हात पारे ।

प्रकाशित मिति: मंगलबार, पुस २८, २०७७  १९:०१
प्रतिक्रिया दिनुहोस्