site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
 प्रतिनिधिसभा विघटन र कांग्रेस

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि नेपालको राजनीतिले अनपेक्षित नयाँ मोड लिन पुग्यो। त्यसपछि उत्पन्न परिस्थितिले मुलुकलाई ध्रुव्रीकृत गरेको छ । राजनीतिक दल, नागरिक समाजका अगुवासँगै  पूर्वप्रधान न्यायाधीशहरूले समेत प्रधानमन्त्री ओलीको विघटनकारी कदमको विरोध गर्नुका साथै संवैधानिक व्यवस्था स्पष्ट पार्न खोजे । असमयमै प्रतिनिधि सभाको अवसान गराएर प्रधानमन्त्री ओलीले आवेग र उत्तेजना प्रदर्शन गरेरगराए । नेपाल कम्युनिस्ट पार्टीभित्रको आन्तरिक शक्ति संघर्षका कारण 'धान खाने मुसो चोट पाउने भ्यागुतो' भनेजस्तै संसद् विघटन गरियो ।आपसमा आफूहरू लड्ने अनि निर्दोष प्रतिनिधि सभा भङ्ग गर्ने काम कुनै कोणबाट पनि राम्रो मानिएको छैन । 

राजनीतिको यो राप र तापबाट प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस पनि अछुतो रहने कुरै भएन । त्यसैले नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकले प्रतिनिधि सभा विघटन असंवैधानिक र अलोकतान्त्रिक ठहर गर्दै प्रधानमन्त्री ओलीको त्यस्तो विघटनकारी कदमविरुद्ध सडक आन्दोलन गर्ने निर्णयका साथ जनता सामु गइसकेको छ । कांग्रेसको चिन्ता र चासो के हो भने नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीको संसद् विघटनको कदम '... काल पल्कियो' भन्ने नै हो । प्रधानमन्त्रीलाई आफ्नै सहकर्मीबाट काम गर्न अप्ठेरो परेको भन्दैमा त्यसको परीक्षण नै नगरी प्रतिनिधि सभा भङ्ग गर्नु जनादेशको अवहेलना हो । कानुनविद्हरू प्रतिनिधि सभा अर्को सरकार निर्माण गर्ने विकल्प नै नरहेमात्र विघटन हुनसक्छ । तर अहिले त विकल्प हुँदै नभएको अवस्था होइन । त्यसैले संविधान को भावना र मर्मविपरीत गएर गरिएको विघटनकारी कामको नेपाली कांग्रेसले विरोध गरेको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

भर्खरै विघटन गरिएको प्रतिनिधि सभा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को मात्रै होइन । त्यहाँ धेरै राजनीतिक पार्टीहरू पनि थिए । बहुमत नेकपाको भए पनि प्रतिनिधि सभा सबै नेपालीको साझा हो । कम्तीमा प्रधानमन्त्रीले आफूलाई परेको गाह्रो साँगुरो (समस्या) प्रतिनिधिमूलक संस्था संसद्मा राख्नुपर्थ्यो र त्यहाँबाट पनि कुनै निकास नआएमात्र संसद् विघटनको विकल्प रोज्दा अर्घेल्याइँ हुँदैनथ्यो ।अहिले देखिएको समर्थन त राज्य सत्ताको आडमा आश र त्रासको उपज हो । मानिसको भिड देखेर दङ्ग नपर्नु । भोलि अप्ठेरो पर्दा यो भिड कुन दुलोमा हुन्छ थाहा हुँदैन । पुस ५ को विघटनकारी कदमको प्रतिपक्ष दल कांग्रेस पनि संवैधानिक र राजनीतिक दुवै दृष्टिकोणले नजिकबाट नियाली राखेको छ र सम्बन्धित क्षेत्रका जानकारसँग परामर्श गरिरहेको छ ।

समग्र परिस्थितिको बृहत् बहस र छलफलपछि चरणबद्धरूपले नेपाली कांग्रेसले आफ्ना विरोधका कार्यक्रम सार्वजनिक गर्दै कार्यकर्ता परिचालन गरिसकेको छ । प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र हुँदै ७५३ वटा  पालिकादेखि सम्पूर्ण वडा स्तरसम्म आन्दोलनका कार्यक्रम अघि बढिसकेको छ। तर, पनि कथम् प्रतिनिधि सभा पुनर्स्थापना भएन र प्रधानमन्त्रीको संसद् विघटनको असंवैधानिक सिफारिसलाई सर्वोच्च आदालतले सदर गरेछ भने कांग्रेस लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएकाले जनादेश लिन जान खुट्टा कमाउँदैन भनिसकेका छन् । सभापति शेरबहादुर देउवाले यति स्पष्ट पारिसकेपछि अब कांग्रेस अलमलिनु हुँदैन । यद्यपि, प्रधानमन्त्री ओलीको विघटनकारी कदमको विरोध पनि आफैँमा चुनावी अभियान जस्तै हो  । 

Global Ime bank

सर्वोच्चले संसद् पुनर्स्थापना गरिदियो भने त ल ठीकै भयो भनौला तर पुनर्स्थापना नहुने सभावनालाई पनि पूर्णतः अस्वीकार गर्न त सकिँदैन । त्यसैले नेपाली कांग्रेसले अब  'श्यालको ऐरा (सिकार) जानू बाघको खजाना लिएरू भन्ने पुरानो कहावतलाई हेक्का राख्नुपर्ने देखिन्छ । हुनत, प्रतिनिधि सभा पुनर्स्थापना नै अहिले समस्याको सहज विकल्प हो । किनभने त्यसो नहुँदा जनतामा निराशा बढ्ने खतरा बढी हुन्छ र त्यस्तो निराशा आक्रोशमा परिणत भयो भने स्थिति थप भयावह हुनसक्छ । यो सबै परिस्थितिका सम्बन्धमा संवेदनशील भएर नसोच्ने हो भने इतिहासले वर्तमानका सबै राजनीतिक दललाई रछ्यानमा फालिदिन सक्छ  । सबैले देखेजानेकै कुरा हो यहाँको राजनीतिक रङ्गमञ्चमा धेरै नवयुवाले स्वस्फूर्तरूपमा विभिन्न समय र सन्दर्भमा सडकमा खबरदारीस्वरुप आफ्नो उपस्थिति देखाइरहेका छन् । त्यो स्वस्फूर्त युवा भावनामाथि खेलबाड भयो वा उपेक्षा हुन गयो भने ठूलो पश्चाताप हुनेछ ।

अब नेपाली कांग्रेसले अतिवादी सोच र चिन्तनबाट मुक्त भएर यथार्थपरक हुनुपर्छ । नेकपाको आन्तरिक कलहमा मिसिन जान हुँदैन । उनीहरूको  झगडा परालको आगो पनि  त हुनसक्छ नि । त्यसैले यस परिस्थितिमा कांग्रेस आपसी दाउपेचमा अल्झियो भने त्यसभन्दा दुःखदायी अवस्था अरु केही हुनेछन । यस समयमा  कांग्रेस गम्भीरता,संवेदनशीलता,जबाफदेही र इमानदारीसाथ एक ढिक्का हुनु आवश्यक छ । कांग्रेसले एकताको बाटो समाएको छ भने कम्युनिस्ट अर्थात् सत्तारुढ दल नेकपा फुटको संघारमा छ । कामना गरौँ नेकपा पनि नफुटोस् । परिस्थितिवश नेपाली कांग्रेस उत्साहतिर उन्मुख छ भने नेकपा निराशातिर । यस्तो स्थितिमा पनि विभाजित मानसिकतामा कांग्रेस गयो भने  इतिहासकै पाना सीमित हुनुपर्ने बाध्यता पनि आउन सक्छ । तसर्थ,  मध्यावधि निर्वाचन नेपाली कांग्रेसको चहाना त थिएन तर हुने  नै भयो भने अवसरका रूपमा सदुपयोग गर्नुको विकल्प छैन ।

नेपाली कांग्रेसको शान्त,सभ्य र शालीन प्रतिपक्षको भूमिकाले आज समय अगावै  यो निर्वाचनको अवसर आएको भन्ने बुझ्दा पनि फरक पर्दैन । जनताले दिएको अपार विश्वासमा कुठाराघत गर्ने नेकपाका नेताहरूले दम्भ देखाएर भन्ने गर्थे अब ५० वर्ष सत्तामा अरु कसैले नचियाए हुन्छ । आज ५० त के ३ वर्ष पनि टिक्न नसकेर यो तमासा देखाइ रहेका छन् । तसर्थ, संसद् विघटनको कदमले नेपाली कांग्रेसमा धेरै उत्साह र आशा जगाएको छ । अब नेतृत्वले एकताको सन्देशमात्र दिन सक्नुपर्छ। अब प्रतिनिधि सभा पुनर्स्थापनाको विषय लिएर सडकमा जाने र संसद् पुनर्स्थापना नभए चुनावलाई आत्मसात् गर्नु नै  कांग्रेसका लागि श्रेयश्कर देखिन्छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस २९, २०७७  १०:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC