site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
क्यान्सरका बिरामी लाखौं खर्चिएर किन्छन् निःशुल्क पाइने औषधि
Ghorahi CementGhorahi Cement

काठमाडौं । ललितपुरका तीर्थराज शाक्यलाई गत असारमा फोक्सोको क्यान्सर भएको पत्ता लाग्यो । चौथो चरणमा पुगेको उनको क्यान्सर पहिचान गर्नमा नै झन्डै एक लाख रुपैयाँ खर्च भइसकेको थियो । 

सामान्य आयस्रोत भएको शाक्य परिवारमा उपचारका लागि लाग्ने खर्चले चिन्ता थप्यो । अन्ततः पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि भर्ना गरियो । अहिले शाक्यको चौथो चरणको केमोथेरापी सकिएको छ ।

Agni Group

छोरा साजन सम्झिन्छन्, “क्यान्सर भन्नेबित्तिकै बुबालाई कसरी बचाउने भन्ने तनावले गाँजिहाल्यो । त्यसमाथि उपचार गर्न लाग्ने खर्चले मलाई काँधमा ठूलो भारी आइलागेको महसुस भएको थियो । क्यान्सरको राम्रो उपचार हुने ठाउँ खोज्दै धेरै अस्पताल पुग्यौं । पाटन हस्पिटल आइपुगेपछि मात्रै थाहा भयो, निःशुल्क औषधि पाइँदो रहेछ भनेर । अहिले बुबाको केमोथेरापी फ्री मै गराइरहेका छौँ ।”

शाक्यजस्ता कैयौं बिरामीका परिवार निःशुल्क औषधिबारे थाहा नपाएरै क्यान्सरको उपचारमा लाखौं रकम खर्चिरहेका हुन्छन् । कतिपयलाई त सरकारले प्रदान गर्ने सहुलियतको उपचार सेवा अर्थात् एक लाखसम्मको निःशुल्क उपचारबारे समेत थाहा हुँदैन । सरकारले क्यान्सरको उपचारका लागि सम्बन्धित स्थानीय निकायको सिफारिसमा एक लाख रुपैयाँबराबरको उपचार खर्च छुट दिँदै आएको छ । सहुलियतको उपचार सेवाका लागि सरकारले सबै सरकारी क्यान्सर अस्पतालसहित मुलुकभरका १०० वटा अस्पताल तोकेको छ ।

Global Ime bank

विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांकानुसार  नेपालमा प्रत्येक वर्ष २० हजार क्यान्सरका बिरामी उपचारमा पुग्ने गरेका छन् । भक्तपुर क्यान्सर अस्पतालमा सन् २०१९ मा तीन हजार ४१८ जना क्यान्सरका बिरामीको उपचार भएको थियो । नेपाल अर्बुद रोग निवारण संस्थामार्फत मात्रै उपचारका लागि गत वर्ष १८० जना क्यान्सरका बिरामी भारत पठाइएको थियो । संस्थाको प्रशासन शाखाले दिएको जानकारीअनुसार उपचारका लागि अस्पतालले रिफर गरेका भन्दा आफ्नै इच्छामा भारत जान चाहने धेरै छन् । यसको अर्थ नेपालमा कम खर्चमा राम्रो उपचार सेवा पाइन्छ भन्ने जानकारी अझै सर्वसाधारणमाझ पुगिसकेको छैन ।

जहाँ क्यान्सरको औषधि निःशुल्क पाइन्छ 
क्यान्सरको उपचारका लागि बर्सेनि लाखौँ रकम भारततर्फ बाहिरिइरहँदा ललितपुरको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान अर्थात् पाटन अस्पतालले भने २० वर्षदेखि क्यान्सरको औषधि निःशुल्क प्रदान गर्दै आएको छ । म्याक्स फाउन्डेसनको सहयोगमा अस्पतालमा फोक्सो, मिर्गौला, रगतलगायत क्यान्सरको उपचारमा प्रयोग हुने विभिन्न आठ प्रकारका औषधि निःशुल्क दिइन्छ । केमोथेरापी तथा अन्य उपचार प्रक्रियामा प्रयोग हुने यी औषधि १० हजारदेखि डेढ लाख रुपैयाँसम्म पर्न आउँछ । अस्पतालले क्यान्सर उपचार सेवा सुरु गरेदेखि डिसेम्बरको अन्तिमसम्ममा ८२० जनाले निःशुल्क औषधि सेवा लिइसकेका छन् ।

नेपालमा क्यान्सरको सहुलियत र सफल उपचार हुन्छ भन्नेमा विश्वस्त गराउन चाहन्छौं
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिकल अंकोलोजिस्ट डा. अरुण शाही अस्पतालले दिने निःशुल्क औषधि सेवाबारे थाहा नपाएरै धेरै बिरामीहरु महँगोमा औषधि किन्न पुग्ने गरेको बताउँछन् । “केमोथेरापी अथवा कुनै औषधि चलाउनुपर्छ भन्नेबित्तिकै बिरामीका आफन्त औषधि किन्न जान हतारिन्छन् । कतिपय आफन्त कतिजति खर्च लाग्छ होला ? भन्दै पैसाको जोहो गर्नतिर लाग्छन् । हामीकहाँ निःशुल्क औषधि पाइन्छ भनेपछि उनीहरुको मुख उज्यालो भएको देख्छु । यो सेवामा अझै धेरै बिरामीलाई समेट्न पाए हामीलाई पनि कति आनन्द लाग्थ्यो ।” 

डा. शाहीका अनुसार पाटन अस्पतालको यो सेवाबारे बिरामी मात्रै होइन, स्वास्थ्य क्षेत्रमा नै काम गरिरहेका कतिपयलाई जानकारी छैन । त्यसैले पनि अन्य अस्पतालबाट रिफर गरिएका औषधिबाहिर महँगो मूल्यमा किन्न बाध्य छन्, क्यान्सरका बिरामी । भारतसँग नजिक रहेका जिल्लाका बिरामी क्यान्सर देखियो भन्नेबित्तिकै उपचारका लागि भारत पुगिहाल्छन् । तर, त्यहाँ उपचारभन्दा खाने-बस्ने क्रममा खर्च भएपछि नेपाल आएका बिरामीहरुको समेत उपचार गरेको अनुभव छ, डा. शाहीको । उनी थप्छन्, “क्यान्सरका बिरामीलाई नेपालमै उपचारका लागि प्रोत्साहन गर्न पनि हामीले निःशुल्क औषधि सेवालाई निरन्तरता दिनु जरुरी छ ।”

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस २४, २०७७  १०:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC