site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सेजमा उद्योगहरु नआएपछि भाडादर घटाइँदै
Sarbottam CementSarbottam Cement

काठमाडौं । सरकारले विशेष आर्थिक क्षेत्र (सेज) मा उद्योगहरु नआएपछि भाडादर घटाउने भएको छ । हाल कायम रहेको भाडादर घटाउन विशेष आर्थिक क्षेत्र प्राधिकरणले प्रस्ताव गर्न लागेको हो । प्राधिकरणका कार्यकारी निर्देशक बलराम रिज्यालले प्रतिस्क्वायर मिटर १० रुपैयाँको भाडादर कायम गर्न प्रस्ताव गर्न लागेको बताएका हुन् ।

नेपाल आर्थिक पत्रकार समाज र पोलिसी इन्क्युभेटरले गरेको कार्यक्रममा उनले सेजमा उद्योग स्थापना गर्न भाडादर धेरै भएकाले नआएको हुन सक्ने भन्दै घटाउन प्रस्ताव गर्न लागेको बताए । हाल २० रुपैयाँ प्रतिस्क्वायर मिटर भाडा छ । सेजमा स्थापना हुने उद्योगले ६० प्रतिशत निर्यात गर्नैपर्ने हुन्छ भने ४० प्रतिशत आन्तरिक खपतका लागि प्रयोग गर्न सकिने व्यवस्था गरेको छ । यसअघि ८० प्रतिशत निर्यात गर्ने पर्ने व्यवस्था गरिएको थियो । त्यसमा उद्योगीहरुले असहमति राख्दै आएका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

हाल भैरहवा सेजमा ४८ वटा उद्योगले अनुमति पाए पनि चारवटा उद्योग मात्रै सञ्‍चालनमा छन् । बाँकी ४४ उद्योगले अनुमति लिएर सम्पर्कमै नआएको रिज्यालले बताए । उद्योगी व्यवसायीले भने भाडादर महँगो भएको, ६० प्रतिशत निर्यात गर्न नसकिने, निर्यात प्रतिशत घटाउनुपर्ने, बिजुलीको समेत समस्या रहेको बताएका छन् ।

नेपाल विद्युत् प्राधिकरणका उपकार्यकारी निर्देशक हरराज न्यौपानेले सेजका लागि तत्काल प्राधिकरणले ५ मेगावाट विद्युत् दिन सक्ने बताए । अहिले निकै कम मात्रै विद्युत्‌को माग भइरहेको उनले बताए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस २३, २०७७  १६:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय