site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

अमेरिकी लोकतन्त्रमा लोकतन्त्रमा विश्वासै नगर्ने व्यक्तिसमेत राष्ट्रपति चुनिन सक्ने रहेछन् । कुनै दिन चुनाव हारेपछि पनि सत्ता छाड्न नमान्ने व्यक्ति डोनाल्ड ट्रम्पजस्तो व्यक्तिलाई अमेरिकी जनताले राष्ट्रपति निर्वाचित गर्लान् भन्ने अमेरिकाका राष्ट्र निर्माताहरूले सोचेका पनि थिएनन् होला । अनि अमेरिकी जनता  ट्रम्पजस्ता व्यक्तिको उक्साहटमा नवनिर्वाचित राष्ट्रपतिको निर्वाचनको औपचारिकता पूरा हुन नदिन संसद् भवनमा तोडफोड र हुलदंगामा उत्रिएलान् भनेर पनि पहिले कसैले कल्पनासम्म पनि गरेका थिएनन् होला । तर, बुधवार अमेरिकाको राजधानी वासिङटन डीसीस्थित संसद् भवनमा निर्वाचन परिणाम अनुमोदनको औपचारिकता पूरा गर्न बस्न लागेको संसद्को बैठक बिथोल्न ट्रम्प समर्थकहरूले हुलदङ्गा गरे । संसद् भवनभित्र तोडफोड भयो र दुवै सदनको बैठक निर्धारित समया बस्न सकेन । यद्यपि, अन्ततः संसद्को दुवै सदनको बैठक बस्यो । अन्ततः  संसद् संयुक्त बैठकबाट जो बाइडेन ह्यारिसको विजय अनुमोदन भयो ।

सन् २०१६ को निर्वाचनमै डोनाल्ड ट्रम्पको बोली वचन, व्यवहार र कार्यशैली हेर्दा अमेरिकाको राष्ट्रपति निर्वाचित हुन सुहाउने देखिँदैन थियो । उनको विजयले धेरैलाई चकित र निराश बनाएको थियो । संसारभर ट्रम्पको विजयलाई स्वेच्छाचारी शासकप्रति आकर्षणका रूपमा हेरियो र कट्टर राष्ट्रवादी, जातिवादी र चरम दक्षिणपन्थीहरूको उत्थानको आरम्भ मानियो । थुप्रै मुलुकका निर्वाचित अधिनायकवादीहरूले ट्रम्पले दबङ्ग शैली पनि अपनाए । लोकतन्त्र र अधिनायकवादको संघर्षमा अन्ततः  अमेरिकी जनताले नै सही बाटो पहिल्याए । ट्रम्पलाई निर्वाचनबाटै परास्त गरिदिए । ट्रम्पलाई उनको चार वर्षे कार्यकालमा आँखा चिम्लेर साथ दिएका रिपब्लिकनहरूले पनि निर्वाचन उल्ट्याउने जिद्दीमा समर्थन गरेनन् । परन्तु,  महाभियोग लगाउन खोज्दा ट्रम्पको समर्थन गरेको कलंक भने रिपब्लिकन पार्टीमाथि सधैँ लागिरहनेछ । 

अमेरिकाको अव्यवस्था र विशेषगरी डोनाल्ड ट्रम्पको स्वेच्छाचारी प्रवृत्तिले उत्पन्न संकटबाट नेपालजस्ता मुलुकहरूले सिक्नुपर्ने पाठ धेरै हुनसक्छन् । तर, तीमध्ये सबैभन्दा महत्त्वपूर्ण पाठ पद्धतिमा विश्वास नभएको व्यक्ति वा शक्तिलाई निर्वाचनमा जिताउँदा अन्ततः लोकतन्त्र नै संकटमा पर्दोरहेछ भन्ने नै हो । लोकतान्त्रिक प्रक्रियामा सहभागी हुनेबित्तिकै बन्दुकको नालबाट सत्ता कब्जा गर्ने सिद्धान्तमा दीक्षित कम्युनिस्टहरूलाई विश्वास गरेर बहुमत दिने गल्ती नेपाली जनताबाट नभएको भए सम्भवतः संविधानको अक्षर, भावना र मर्मविपरीत प्रतिनिधि सभा भङ्ग हुने थिएन । अब अर्को निर्वाचनै नहुने हो कि भनेर यति ठूलो चिन्ता लिनुपर्ने पनि थिएन । संसद् पुनःस्थापनाका लागि अर्को सडक आन्दोलन गर्नुपर्ने पनि थिएन । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का नेताहरूले बेलैमा आफ्ना अध्यक्ष केपी शर्मा ओलीका स्वेच्छाचारी क्रियाकलापमा अङ्कुश लगाएका भए अहिले सडक संघर्ष गर्नुपर्ने थिएन । आशा गरौँ, नेपाली जनता र विशेषगरी राजनीतिकर्मीहरूका साथै  डोनाल्ड ट्रम्पले अमेरिकी जनतालाई देखाएको ताण्डवबाट संसारभरका उदार लोकतन्त्रमा विश्वास गर्नेहरूले पाठ सिक्नेछन् र स्वतन्त्रताका लागि निरन्तर सजग रहनुपर्ने शिक्षा कहिल्यै बिर्सनेछैनन् । ट्रम्पको बहुलठ्ठीपूर्ण क्रियाकलाप पनि अब बन्द हुने र उनले कानुनबमोजिम सजाय पाउने पनि अपेक्षा गरौँ । 
 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस २३, २०७७  १४:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC