site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
माछापुच्छ्रे बैंकको थप ६ शाखारहित बैंकिङ सेवा
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । माछापुच्छ्रे बैंकले ६ वटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले भक्तपुरको सूर्यविनायक ३, बालकोट, सिराहाको नरहा गाउँपालिका ३, नरहा, महोत्तरीको एकडारा गाउँपालिका ५, कोलहुवा बगैया, मुगुको खत्याड गाउँपालिका ११, रातापानी, झापाको शिवसताक्षी नगरपालिका १०, माईधारा, झापाकै कन्काई ९, घौलाडुब्बामा थप ६ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको जनाएको छ ।

बैंकिङ पहुँचदेखि टाढा रहेका ग्रामीण भेकका नागरिकमा बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले बैंकले शाखारहित बैंकिङ सेवामार्फत सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।

देशका विभिन्न स्थानमा ६ शाखारहित बैंकिङ सेवा थप भएसँगै माछापुच्छ्रे बैंक लिमिटेडको शाखारहित बैंकिङ सेवा १४८ पुगेको छ । ग्राहक सेवा केन्द्रका रुपमा सञ्चालित शाखारहित सेवा केन्द्रहरुबाट खाता खोल्न, रकम जम्मा गर्न र झिक्न, रेमिट्यान्स भुक्तानीका साथै कर्जा आवेदनसमेत दिन सकिनेछ । बैंकले नेपालमै पहिलोपटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराउँदै आएको जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस १४, २०७७  १९:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement