site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
आठौँ अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाइँदै
Sarbottam CementSarbottam Cement

काठमाडौं । जनवरी १ मा ‘आठौँ अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस’ मनाइने भएको छ ।

स्वतःस्फूर्तरुपमा नेपाली युवाहरुले विगत सात वर्षदेखि अंग्रेजी महिनाको जनवरी १ तारिखको दिन अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाइँदै आएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

नेपाली टोपी प्रतिष्ठानका अध्यक्ष शंकर बन्जाडेले एक विज्ञप्तिमार्फत् जनाएका छन् ।

नेपाली टोपी नेपालीपनको अन्तर्राष्ट्रिय पहिचानका रुपमा स्थापित होस् भन्ने उद्देश्यले यो अभियानको थालनी भएको नेपाली टोपी प्रतिष्ठानका अध्यक्ष शंकर बन्जाडेले जनाएका छन् ।

Global Ime bank

सामाजिक सञ्जालबाट सुरु उक्त अभियानलाई संस्थागत र थप व्यवस्थित बनाउन प्रतिष्ठानको गठन भएको हो ।

नेपाली टोपी प्रतिष्ठानका सल्लाहकार तथा रोमानियाका लागि नेपाली अवैतनिक वाणिज्यदूत नवराज पोखरेलको पहलमा हालसम्म विश्वका ३९ देशमा प्रतिष्ठानको शाखा गठन भइसकेका छ ।

नेपाली टोपी दिवसले नेपालभित्र र बाहिर बसोबास गर्ने सम्पूर्ण नेपालीहरुले आ–आफ्नो धर्म, जाति र संस्कृतिअनुसार पहिरिने टोपीलाई नेपाली टोपी मान्दछ ।

यही पुस १७ गते नेपाली टोपी पहिरिएर नेपालीहरुको अन्तर्राष्ट्रिय पहिचानको रुपमा नेपाली टोपीलाई स्थापित गराउन सहयोग गर्न प्रतिष्ठानले अपिल गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस १४, २०७७  १९:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement