खेल
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्कालाई कोरोना संक्रमण भएको छ । पारसले शुक्रबार आफूलाई कोरोना भाइरसको संक्रमण भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
पारसले शुक्रबार कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई कोरोना संक्रमण भएको बताएका हुन् ।
दुई दिनअघि उनको स्वास्थ्यमा केही समस्या देखिएपछि सेल्फ आइसोलेसनमा बसेका थिए । त्यसपछि उनले कोरोना परीक्षण गराएका थिए ।
गौतमबुद्ध कपका लागि टिम नारायणीका कप्तान रहेका पारसले अब प्रतियोगितामा सहभागिता जनाउने छैनन् ।
प्रकाशित मिति: शुक्रबार, मंसिर २६, २०७७ १९:१५
प्रतिक्रिया दिनुहोस्