site stats
बाह्रखरी :: Baahrakhari
खेल
नेपालले दशरथ रंगशालामा खेल्ने विश्वकप छनोटको खेल तालिका सार्वजनिक  
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले दशरथ रंगशालामा खेल्ने कतारमा हुने फिफा विश्वकप २०२२ को छनोट चरण अन्तर्गत समूह चरणको बाँकी खेलहरुको खेल तालिका सार्वजनिक भएको छ ।  एसियाली फुटबल महासंघ (एएफसी) ले खेल तालिका सार्वजनिक गरेको हो । कोरोना भाइरसको कारण लामो समय सरेको खेल तालिका पुनः सार्वजनिक भएको हो । 

विश्वकप छनोटका खेलहरु सन् २०२० कै मार्चमा हुने तय भएको थियो ।  नेपालले अब बाँकी खेल मार्च र जुन महिनामा खेल्ने भएको छ । छनोट अन्तर्गत ५ खेलमा १ जित र ४ हार बेहोरेको नेपालले ३ खेल खेल्न बाँकी छ ।  अब नेपालले खेल्न बाँकी सबै खेल दशरथ रंगशालामा हुनेछन् । नेपाल र चाइनिज ताइपेइको खेल २५ मार्च २०२१ अर्थात नेपाली मितिमा अनुसार २०७७ चैत्र १२ गते हुनेछ । 

त्यस्तै दोस्रो खेल ३० मार्चमा अर्थात नेपाली समय अनुसार चैत्र १७) अष्ट्रेलियासँग हुनेछ । छनोट अन्तर्गत अन्तिम खेलमा नेपालले ७ जुन अर्थात नेपाली मिति अनुसार २०७८ जेठ २४ गते खेल्नेछ । 
 

प्रकाशित मिति: शुक्रबार, मंसिर २६, २०७७  १७:४०
प्रतिक्रिया दिनुहोस्