site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

निहत्था नागरिक मारेर राजनीतिक अभिष्ट पूरा गर्न खोज्नु आतंककारी क्रियाकलाप हो । जनसाधारणललाई भयभीत गराएर वशमा राख्न हत्या र हिंसाको प्रयोग गर्नु आतंकवाद हो । यसैले पहिलेको नेपाल कम्युनिस्ट पार्टी (माओवादी)को एउटा प्रतिबन्धित समूहका कार्यकर्ताले गरेको मोरङका शिक्षक राजेन्द्र श्रेष्ठको हत्यालाई आतंककारी कार्य भन्न हिचकिचाउनु पर्दैन । मोरङको मिक्लाजुङ गाउँपालिका — ७ बाट नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित समूहका कार्यकर्ताले श्रेष्ठलाई घरबाटै अपहरण गरी मंगलबार हत्या गरेका थिए । विप्लव समूहले शिक्षक श्रेष्ठको हत्याको जिम्मेवारी सकारेको छ । सरकारका लागि सुराकी गरेका कारण उनको हत्या गरिएको दाबी हत्याराहरूको समूहले गरेको छ । निहत्था नागरिक श्रेष्ठको संगठित समूहले गरेको यो हत्या कायरतापूर्ण निन्दनीय कार्य हो । 

हत्याराले जस्तोसुकै बहाना बनाए पनि निहत्था नागरिकको हत्यालाई मानवीय विवेक भएको कसैले पनि उचित ठान्न सक्तैन । तैपनि, राजनीतिक दलका नेताहरू भने यस्ता निन्दनीय आतंककारी घटनालाई पनि तर, किन्तु, परन्तु भन्दै  राजनीतिक रंग दिने प्रयास गर्नेगर्छन् । यस्तै क्रियाकलापले आतंककारीहरूको मनोबल बलियो हुने गर्छ । अर्कातिर प्रहरी प्रशासन या त तमासा हेरेर बस्छ नभए सर्वसाधारणलाई सताएर आफ्नो असफलता लुकाउन खोज्छ । अहिले पनि घटनापछि संयुक्त सुरक्षा फौजले मिक्लाजुङ श्रेत्रमा चलाएको अभियानले जनसाधारणलाई सास्ती पुगेको हुनसक्छ । राजनीतिक दलका नेताहरू र सुरक्षा फौजले माओवादी हिंसाबाट कुनै पाठ नसिकेको अहिलेको अन्यमनस्कता र अनुत्तरदायी प्रवृत्तिबाट स्पष्ट भएको छ । यसैले यस्ता हिंसात्मक घटनालाई ‘काल पल्टेको’ ठानेर सरकारका साथै नागरिक पनि सावधान हुनु जरुरी देखिन्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

अहिले कुनै पनि राजनीतिक समूहलाई शान्तिपूर्वक संगठित हुन कसैले रोक्न सक्तैन । नेपालको संविधानले नै सबै नेपाली नागरिकका मौलिक हक र स्वतन्त्रताको प्रत्याभूति गरेको छ । संविधानले दिएको अधिकार प्रयोग गरेर संविधानकै विरुद्ध सडकमा नारा लगाउन पाउनु नै यसको ज्वलन्त उदाहरण हो । विप्लव समूहमाथि भने हिंसात्मक गतिविधिका कारण सरकारले प्रतिबन्ध लगाएको छ । तर, सरकारी प्रतिबन्धले उनीहरूको क्रियााकलाप नियन्त्रण गर्न सकेको भने देखिएन । यसैले हिंसात्मक राजनीति छाड्ने सर्तमा विप्लव समूहमाथि लगाइएको प्रतिबन्ध हटाउन पनि सरकार तयार हुनुपर्छ । तर, यसभन्दा पहिलेका कुनै अपराधका लागि विप्लवका कार्यकर्ता वा अरू कसैलाई उन्मुक्ति दिनु हुँदैन । 

अपराधलाई राजनीतिक रंग दिने चलनले नै माओवादीहरू शान्तिपूर्ण राजनीतिमा आएको भनिएको १४ वर्षपछि पनि हिंसात्मक समूहको एउटा जमातले आतंक मच्चाउँदै आउनुको कारण राजनीतिक रंग दिएर अपराधीलाई उन्मुक्ति दिइनु नै हो । यसैले शिक्षक श्रेष्ठको हत्यालगायतका अपराधी क्रियाकलापका लागि कानुनबमोजिमको कारबाही गर्न र विप्लवका कुनै राजनीतिक माग भए तिनमा छलफल गर्न तयार रहेको सन्देश दिन सरकार हिचकिचाउनु हुँदैन । गृह मन्त्रालयको नेतृत्वका कारण वार्ता र कारबाही द्वै हुन नसकेको सन्देश जनमानसमा उत्पन्न हुन लागेको छ । प्रधानमन्त्री केपी ओलीले आफूमातहतका संयन्त्रको राम्ररी परिचालन गरेर पनि देशमा आतंककारी क्रियाकलाप बढ्न दिनु हुँदैन । आतंकको जरोकिलो बेलैमा उखेलेमात्र सहज हुन्छ ।प्रधानमन्त्री ओली र सत्तारुढ नेकपाका नेताहरू यसरी नै आपसी विवादमा अल्झिइरहने र देशमा भ्रष्टाचार, हिंसा र अराजकता बढिरहने हो लोकतन्त्रमात्र हैन राष्ट्रियता नै जोखिममा पर्न सक्छ ।      
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २५, २०७७  १६:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC