site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
तनहुँमा पौडेल पक्राउको विरोधमा माइतिघरमा नेविसंघको प्रदर्शन 
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपाल विद्यार्थी संघले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँमा प्रहरीले नियन्त्रणमा लिएको विरोधमा माइतिघर मण्डलामा प्रदर्शन गरेको छ । नेविसंघ अध्यक्ष राजीव ढुँगानाको नेतृत्वमा संघले विरोध कार्यक्रम गरेको हो । 

विरोधसभामा बोल्दै संघका अध्यक्ष ढुँगानाले तनहुँ घटनाले कम्युनिष्ट कहिल्यै लोकतान्त्रिक हुँदैनन् भन्ने पुष्टि भएको बताए । लोकतन्त्रलाई केपी ओली नेतृत्वको सरकारले कमजोर बनाउन खोजे नेविसंघले नछाड्ने पनि उनले चेतावनी दिए । सरकारले पौडेललाई फक्राउ गरेर निषेधको राजनीति गरेको पनि बताए । 

Agni Group

त्यस्तै, महामन्त्री युवराज पाण्डेले पौडेललाई पक्राउ गरेर सरकारले अधिनायकवादी चरित्र देखाएको बताए । उनले पौडेल पक्राउमा संलग्न र निर्देशन दिने प्रहरीलाई कारवाहीको माग गर । त्यस्तै, अर्का महामन्त्री बलदेव तिमल्सिनाले वरिष्ठ नेता पौडेलले हिँड्न, बोल्न नपाउने हो भने नागरिकको वाक् स्वतन्त्रता के हुन्छ भन्दै प्रश्न गरे । उनले अभिव्यक्ति स्वतन्त्रताका लागि पुनः सडकमा संघर्ष गर्नुपर्ने अवस्था आएको पनि बताए । “यो व्यवस्थाका विरोधीहरुले देशमा सभा गर्न पाएका छन् । रामचन्द्र पौडेललाई रोकिन्छ भने यो सरकारको व्यवस्था विरोधीसँग साँठगाँठ छ,” उनले भने, “आजबाट नेविसंघ सडकमा आएको छ । अब प्रदर्शन रोकिँदैन ।” 

महामन्त्री उर्मिला थपलियाले राजाको विरुद्धका लडेको नेविसंघले कम्युनिष्ट सरकारविरुद्ध पनि लड्ने भन्दै त्यसका लागि तयार रहन आग्रह गरेकी छन् । 

Global Ime bank


 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर १७, २०७७  १८:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC