बाह्रखरी
sticky  ncell
Samsung
Daraz
British college
Samsung
Daraz
British college
सम्पादकीय प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
सम्पादकीय अस्पताल अगाडि ढलको आहाल  वीर अस्पतालको ढोकै सामु जमेको ढलले अस्पताल प्रशासनदेखि देशकै शासनको अनुहार उदांगो बनाएको छ
बाह्रखरी - मंगलबार, मंसिर १६, २०७७
Laxmi Bank
Laxmi Bank
Godraj nepal
Godraj nepal
Agani Group
sarbottam cement

देशकै सबैभन्दा पुरानो र ठूलो अस्पतालका सामु महामारी फैलेका बेलामा पनि ढलको पानी कैयौं दिनसम्म जमेर बसेको छ । यसरी ढलको घीनलाग्दो पानी सडकमा जमेर बस्दा सर्वसाधारणसहित त्यस सडक र अस्पतालको प्रयोग गर्ने सबैलाई असुविधा भएको छ र तिनको स्वास्थ्यमा जोखिम पनि भएको छ । तर, न त ढलको व्यवस्थापन गर्ने र महसुल उठाउने काठमाडौं उपत्यका खानेपानी लिमिटेडले यसमा ध्यान दिएको देखियो न काठमाडौं महानगरपालिका नै समस्या समाधान गर्न अग्रसर भएको पाइयो । अस्पतालकै आँगनमा ढलको पानी जम्दा त वीर अस्पताल प्रशासनले पनि सरकारलाई दबाब दिन सक्नुपर्थ्यो । दुर्भाग्य, राजधानीको मुटुमा ढलको आहाल जम्दा पनि देशको शासन संयन्त्र तमासा हेरेर बसेको छ ।  

वीर अस्पतालको ढोकै सामु जमेको ढलले अस्पताल प्रशासनदेखि देशकै शासनको अनुहार उदांगो बनाएको छ भन्नु अत्युक्ति हुँदैन । काठमाडौं महानगरपालिकाले केही साता पहिला कोभिड—१९ को महामारीका कारण भोकै बस्न विवश नागरिकलाई खुला ठाउँमा खाना खुवाउन रोक लगाएको थियो । असहायलाई खुला ठाउँँमा खाना वितरण गर्न दिँदा सहरको सौन्दर्य र जनस्वास्थ्य जोखिममा पर्ने तर्क महानगरपालिकाका प्रमुखले दिएका थिए । सहरको सौन्दर्य र जनस्वास्थ्यप्रति साँच्चैको चिन्ता हुन्थ्यो भने त वीर अस्पतालबाहिर ढल जम्नेबित्तिकै काठमाडौं महानगरपालि र काठमाडौं उपत्यका खानेपानी लिमिटेड समाधानका लागि अगाडि सर्नुपर्ने थियो । तर, जनतालाई परेको पीरमर्काको छु मतलब ! 

दुर्भाग्य, वीर अस्पतालबाहिर यसरी ढलको आहाल बन्दा पनि काठमाडौं महानगरपालिका, वीर अस्पताल प्रशासन र काठमाडौं उपत्यका खानेपानी लिमिटेडका अधिकारीहरू भने एक अर्कालाई देखाएर आफू उम्कन खोज्दैछन् । त्यसो त त्यस क्षेत्रमा प्रहरीको गस्ती पनि बाक्लै हुन्छ । वीर अस्पतालबाहिर त्यसरी ढल फुटेर जमेपछि नेपाल प्रहरीले नै पनि सम्बन्धित निकायलाई समस्या समाधानका लागि जनाउ दिनसक्थ्यो । त्यसरी ढल जम्दा सहरको शोभन बिग्रनेमात्र हैन संक्रामक रोग पनि फैलने डर हुन्छ । यसैले यो सम्बन्धित वडादेखि संघीय सरकारसम्म सबैको सरोकारको विषय हो । यस्तो गम्भीर विषयमा यसरी हेलचेक्याइँ गर्नेहरूलाई उत्तरदायी बनाउने अम्यास शासनमा हुन्थ्यो भने सम्बन्धित अधिकारीहरू कारबाहीका भागीदार भइसक्थे । महामारी फैलेका बेला कोभिड—१९ संक्रमितहरू समेतको उपचार हुने अस्पतालको ढल मध्यसहरमा खुला छाड्नु गम्भीर अपराध नै हो । अतः संघ सरकारले तत्काल हस्तक्षेप गरी वीर अस्पतालको आँगनमा बनेको ढलको आहाल सुकाउने प्रबन्ध गरोस् । यस्तै बेथिति गरेर न शासनलाई धारे हात लगाउनेहरूले मौका पाएका हुन् !   

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
मंगलबार, मंसिर १६, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्