site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

कोभिड—१९ को संक्रमण नियन्त्रण गर्न अपेक्षाकृत सफल मानिएका जापान र दक्षिण कोरियाजस्ता मुलुकमा पनि चिसो बढेसँगै संक्रमण ह्वात्तै बढेको समाचार छ । अमेरिकामा त संक्रमण घट्न सुरु भएकै छैन । युरोपमा पनि कोभिड—१९ को संक्रमणको अर्को लहर देखिएको छ । भारतको अवस्थामा पनि खासै सुधार भएको छैन । संक्रमितको दैनिक संख्यामा घटबढ भइरहेको छ । नेपालका सीमावर्ती प्रान्तहरूमा संक्रमण नियन्त्रण भएको देखिँदैन । नेपाल अपवाद हुने कुरै भएन । संक्रमितको संख्यामा परीक्षणका आधारमा घटबढ हुने गरे पनि अवस्था सामान्य हुनसकेको छैन । यद्यपि, बजार र सरकारी कार्यालयमा भने जनसाधारणले समेत कोभिड—१९ को संक्रमण नियन्त्रित भइसकेको ठानेजस्तो देखिन्छ । यसैले चिसोसँगै संक्रमणको महामारी फैलने जोखिमप्रति सजग हुनुपर्ने देखिन्छ ।

कोभिड—१९ को संक्रमण नियन्त्रणमा सरकारले नागरिकको सहयोगको महत्त्व अहिलेसम्म बुझ्ने प्रयास गरेन । गत २०७६ चैत्रदेखि २०७७ असारसम्म लागू गरिएको बन्दाबन्दी (लकडाउन) को राम्ररी व्यवस्थापन गर्न सकिएको भए नेपालमा कोभिडको संक्रमण धेरै हदसम्म नियन्त्रण गर्न सकिने थियो । जनस्वास्थ्य विज्ञहरूले दिएका सुझावलाई स्वीकार गरेर जनमुखी उपाय र अभ्यास अपनाउनुको साटो सरकारले आफ्ना ‘भारदारी विज्ञ’हरूको सल्लाहमात्र मान्यो । जनताको पीरमर्काको सरकारले ख्याल नगरेपछि जनताले पनि सरकारले अपनाएका उपायहरूलाई स्वेच्छाले पालन गरेनन् । यही कारणले चार महिना लामो बन्दाबन्दी र त्यसपछिका दिनमा सरकारले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर नियन्त्रण गर्न खोज्दा पनि कोभिड—१९ फैलनबाट रोकिएन । अहिलेसम्म देशमा २ लाख २० हजारभन्दा बढीलाई कोभिड—१९ को संक्रमण भएको र तीमध्ये १ हजार ३ सयभन्दा बढीको मृत्यु भएको सरकारी तथ्यांक छ । 

Prabhu Bank
Agni Group
NIC Asia

व्यापक परीक्षण भएको भए संक्रमितको संख्या पक्कै पनि यसभन्दा बढी हुने थियो । त्यसै संक्रमितकै पनि घरमा मृत्यु भएको र सरकारी अभिलेखमा तिनको संख्या नदेखिएको हुनसक्छ । यसैले संख्यामात्र भन्दा पनि समुदायमा परेको प्रभावका आधारमा अब कोभिड—१९ को संक्रमण नियन्त्रण गर्ने रणनीति अपनाउनु आवश्यक देखिन्छ । विद्यालय खोल्ने निर्णय स्थानीय तहले गर्नसक्ने निर्णय यस दिशामा एउटा सही कदम भएको छ । महामारीले जनस्वास्थ्यप्रति सरकार र समुदायको दृष्टिकोण पनि बदलेको हुनुपर्छ । जनस्वास्थ्यको व्यवस्थापनमा जनता र विशेषगरी स्वयंसेवी सामाजिक संघसंस्थासँग सहकार्य गर्न सकेमा संक्रमण नियन्त्रणका उपायहरू अपेक्षाकृत सफल हुनेछन् । ढिलोचाँडो खोप आउनेछ र कोभिड—१९ को संक्रमण नियन्त्रण हुनेछ भनेर अहिले लत्तो छाड्न मिल्दैन । समुदायमा संक्रमण रोक्न अपनाउनुपर्ने उपायप्रति हेलचेक्य्राइँ बढ्दै गएको देखिन्छ । त्यसले संक्रमण नियन्त्रण गर्न अपनाइने उपाय विफल बनाउने जोखिम बढाएको छ । यसैले समुदायसँग निकट सहकार्य गरेर संक्रमण नियन्त्रण गर्ने रणनीति सरकारले अपनाउनुपर्ने देखिन्छ । जनसाधारणले पनि संक्रमण नियन्त्रण सरकारका लागि होइन भन्ने मनन गरेर कम्तीमा व्यक्तिगत सावधानी र सजगता अपनाउनु अपरिहार्य छ । समुदाय, स्वयंसेवी ससंघसंस्था र सरकारले सहकार्य गरेर संक्रमण नियन्त्रण गर्ने रणनीति अपनाइयोस् ! खोप वितरणका लागि पनि यही सहकार्य प्रभावकारी हुनेछ । 

  

Global Ime bank

  

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर ८, २०७७  १५:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC