site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
हास्य कलाकार भारती सिंह पक्राउ 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

मुम्बई । नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले हास्य कलाकार भारती सिंहलाई पक्राउ गरेको छ ।  एनसीबीका अधिकारीहरुले शनिबार भारती र उनका श्रीमानको प्रोडक्सन कम्पनी र घरमा छापा मारेको थियो । छापा मारेको दुबै ठाँउमा एनसीबीले ८६.५ ग्राम गाँजा भेट्टाएको हो । 

एनसीबीका जर्नल निर्देशक समीर वानखेडेले मिडियालाई जानकारी दिँदै भारती र उनका श्रीमान दुबैलाई एनसीबीले सोधपुछका लागि बोलाएको हो, र सोधपुछपछि साँझ भारतीलाई एनसीबीले पक्राउ गरेको हो । एनसीबीलाई बयान दिने क्रममा भारती दम्पतीले उनीहरु लागुऔषध सेवन गर्ने गरेको स्विकारेका छन् ।

बलिउड लागुऔषध मुद्दामा एनसीबीले आफ्नो अनुसन्धान तिब्र बनाइरहेको छ । यसअघि अभिनेता अर्जुन रामपालको घरमा पनि एनसीबीको टिमले छापा मारेको थियो । बीबीसीबाट 

प्रकाशित मिति: शनिबार, मंसिर ६, २०७७  २१:१९
प्रतिक्रिया दिनुहोस्