site stats
बाह्रखरी :: Baahrakhari
देश
नेपाल सम्बतलाई नयाँ सम्बतको रुपमा थालनी गर्न माग 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

भक्तपुर ।  शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले नेपाल सम्बतलाई नेपालको नयाँ सम्बतको रुपमा थालनी गर्नुपर्ने बताएका छन् । नेपाल सम्बत ११४१ को अवसरमा मध्यपुर थिमीमा  राष्ट्रिय विभुति शंखधर साख्वाःको प्रतिमामा माल्यापर्ण गर्दै यनले नेपालको आफ्नै सम्बतको रुपमा नेपाल सम्बत् प्रयोगमा लयाउनुपर्ने बताए ।  

सबै जाति र भाषाभाषिको अपनत्व हुनेगरी नेपाल सम्बतलाई प्रचलनमा ल्याउनुपर्ने धारणा राख्दै उनले सबैले नेपाल स्म्बतलाई  नेपालीले कामकाजमा समेत प्रयोग गर्नुपर्ने बताए ।  

शंखधर साख्वालाई राष्ट्रिय विभुति घोषणा गराउनेदेखि टिकट प्रकासन सँगै नेपाल भाषा उत्थान नेपाल सम्बत मनाउन महत्वपूर्ण भूमिका खेल्ने पू्र्वमन्त्री एवं मानव अधिकारवादी नेता स्वर्गिय पद्मरत्न तुलाधरको योगदानको चर्चा गर्दै मन्त्री श्रेष्ठले उनको सम्झनामा सरकारले रत्नपार्कमा शालिक स्थापना गर्ने अन्तिम तयारी रहेको जानकारी गराए ।  
 

प्रकाशित मिति: सोमबार, मंसिर १, २०७७  २३:१५
प्रतिक्रिया दिनुहोस्