site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कोरोनाको लक्षण भएकाहरुलाई मात्रै नि:शुल्क परीक्षण र उपचार गरिने
Sarbottam CementSarbottam Cement

काठमाडौं । कोरोना भाइरसका कुनै पनि लक्षण देखिएकाहरुलाई मात्रै नि:शुल्क परीक्षण र उपचार गरिने भएको छ । कोरोनाका लक्षण नदेखिएका व्यक्तिको परीक्षण र उपचार नगरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले कोरोना भाइरस (कोभिड १९) को उपचार निःशुल्क व्यवस्था गर्ने गरी निर्णय गरेको थियो ।

मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले मन्त्रिपरिषद्को निर्णयको स्पष्ट बेहोरा अझै नआइसकेको हुँदा मन्त्रालयले यसबारे अझै मातहतका अस्पतालहरूलाई जानकारी गराएको तर पत्राचार नगरिएको जानकारी दिए । उनले भने,“लक्षण नै नदेखिएका व्यक्तिको कोरोनाको परीक्षण र उपचार गरिँदैन ।”

Prabhu Bank
Agni Group
NIC Asia

सरकारी अस्पतालका साथसाथै सरकारले सम्झौता गरेका मेडिकल कलेज  र निजी अस्पतालमा पनि लागु हुने सहप्रवक्ता डा. अधिकारी बताउँछन् । अझै मन्त्रालयमा मन्त्रिपरिषदको निर्णय आउँन बाँकि रहेकोले निर्णय आएपछि अस्पतालहरुलाई पत्र पठाएपछि निशुल्क उपचार लागु हुने उनको भनाइ छ ।

कोरोना बिमा गरेका व्यक्तिको उपचार खर्च सोही बिमाबाट कट्टी गरिने व्यवस्था रहेको उनले जानकारी दिए । उनका अनुसार सरकारी अस्पतालको क्याबिनमा शुल्क तिरेर उपचार लिन्छु भन्‍ने बिरामीको हकमा शुल्क तिरेर उपचार पाउँछन् । तर त्यसबाहेकका अन्यमा लक्षण छ भने त्यसको उपचार सरकारले गर्छ ।

Global Ime bank

उनले भने,“कोभिडका लागि छुट्याइएका देशभरमा करिब ७० वटा अस्पतालहरू छन् ।”

अस्पतालमा आइसोलेसनमा बस्‍नुपर्दा दैनिक तीन हजार पाँच सय रुपैयाँ खर्च लाग्‍ने हुन्छ भने मध्यमखाले गम्भीर बिरामीका हकमा दैनिक रु सात हजार र गम्भीर बिरामीका हकमा दैनिक रु पन्ध्र हजार खर्च लाग्‍ने मन्त्रालयले जनाएको छ । मध्यम गम्भीर र गम्भीर बिरामीका हकमा दुई साताभन्दा बढी अस्पताल बसाइ हुन सक्ने मन्त्रालयले जनाएको छ । 

एकजना कोरोना संक्रमित कम्तीमा पनि  दुई साता अस्पताल बस्नुपर्ने आकलन सहितको प्रस्ताब मन्त्रालयले मन्त्रिपरिषद्मा लगेको बताइएको छ । यसअघि असोज १५ गते शुल्क लिएर कोरोना भाइरस परीक्षण र उपचार नगर्न सरकारका नाममा सर्वोच्च अदालतले परमादेश जारी गरेको थियो ।

तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कात्तिक तेस्रो साता सर्वोच्चमै निर्णय पुनरावलोकन गर्न निवेदन दिएकोमा सर्वोच्चले त्यसलाई खारेज गरिदिएको थियो । हालसम्म नेपालमा १५ लाख ७४ हजार २९५ को पीसीआर परीक्षण गरिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक २६, २०७७  १८:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC